२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

ट्रकले ठक्कर दिदा एकको मृत्यु


१९२२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ माघ ३, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • हेटौंडा । मकवानपुरको लेवटमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना६ख ६५६ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्रीको ३५ वर्षीय अम्मर पुन मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जानकारी दिएको छ ।

    चितवन घर भएका मृतक मगर बसामाडीमा चाउमिन कारखानामा काम गर्ने मजदुर हुन् । ट्रकको ठक्करबाट घाइते भएका उनलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जनाएको छ ।ठक्कर दिने ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार