२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पाँचखालको तरकारी खान उपयुक्त छ- डा. खड्का


३६९३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ माघ ३, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • पाँचखाल/कृषि ज्ञान केन्द्र काभ्रेका प्रमुख डा. जनार्जन खड्काले पाँचखालमा उत्पादन हुने तरकारीहरु खानको लागि योग्य भएको बताउनु भयो । उहाँले भन्नुभयो कृषि नगरीको रुपमा अगाडी बढेको नगरका कृषकहरुले आई.पि.एम तरिकाले खेती गर्दा उपभोग गर्न उक्तम भएको बताउनु भयो ।

    लवग्रीन नेपाल द्वारा आयोजित वातावरण मैत्री एकिकृत दिगो कृषि विकास परियोजनाले अगुवा कृषकहरु साथै सरोकारवालाहरु विच भएको अन्तक्र्रिया कार्यक्रमको अवसरमा ज्ञान केन्द्र प्रमुख खड्काले उक्त धारणा राख्नु भएको हो । उहाँले भन्नुभयो कृषकहरुले उत्पादन गरेको तरकारीहरु निःशुल्क परिक्षणको व्यवस्था ज्ञान केन्द्रले गरेकोले तरकारीमा बिषादिको अवशेस भए नभएको पहिचान गर्न सहज भएको बताउनु भयो ।

    अन्तक्र्रिया कार्यक्रममा उहाँले भन्नुभयो विगतमा जे जस्ता निराधार हल्ला भए त्यसको पछि लाग्न जरुरी छैन । हालको अवस्थामा उत्पादन भएको तरकारी ढुक्कका साथ सेवन गर्न सकिने भएको छ । लवग्रीन नेपालले कृषकहरुलाई आइ.पि.एम तरिकाले खेति गराउने कार्यलाई साथ सहयोग गर्दा तरकारीमा बिषादिको अवशेस नभएको बताउनु भयो । पाँचखालमा रहेको लवग्रीन नेपालले कृषकको खेतवारीमा पुगेर ताजा (बिषादि रहित) तरकारी उत्पादन गराउने कार्यमा अग्रसरता देखाएकोमा खुसि व्यक्त गर्नुभयो । उहाँले थप्नुभयो “लवग्रीन नेपालले गरेको कार्य धेरै राम्रो हो, कृषि ज्ञानकेन्द्रले त्यसरी कृषकको खेत खेतमा गएर सघाउन सक्दैन सामुहिक साथै व्यवसायिक खेतिको लागि सघाउन सक्छ ।” पाँचखाल नगरपालिका र लवग्रीन नेपालसंग मिलेर पाँचखालका कृषकको हितको खातिर कार्य गर्ने बिषयमा ज्ञान केन्द्रले साथ र सहयोग गर्ने बताउनु भयो ।

    पाँचखाल नगरपालिका प्रमुख प्रसाशकिय अधिकृत लोकबहादुर भण्डारी, कृषि ज्ञान्केन्द्रका प्रमुख डा. जनार्जन खड्क, मसला बालिबिकास कार्यालयका प्रमुख युवराज पाण्डे, पाँचखाल कृषि शाखाका प्रमुख ईश्वर अधिकारी, लवग्रीन नेपालका कार्यकारी निर्देशक नारायण प्रसाद ज्ञवाली,संञ्चारकमीहरु साथै सरोकारवालाहरुले कृषकले आई.पि.एम तरिकाले गरेको खेतिहरु अवलोकन गरी मसला बालिबिकास केन्द्रमा अगुवा कृषकहरु समेतको उपस्थितिमा अन्तक्र्रिया कार्यक्रम भएको थियो । उक्त कार्यक्रममा सहभागि रहेका कृषकहरुले पाँचखालमा रहेको लवग्रीन नेपालको कारण आइ.पि.एम तरिकाले खेती गर्न सहज भएको जसको कारण उत्पादन बृद्धि खर्च कम भएको बताएका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार