२०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024

अलविदा विश्वकै होचा खगेन्द्र


२६८० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ माघ ३, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • कास्की । विश्वकै होचा व्यक्तिको कीर्तिमान राखेका खगेन्द्र थापामगरको पोखरामा निधन भएको छ । थापाको शुक्रवार दिउँसो पोखराको मणिपाल अस्पतालमा निधन भएको खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मिनबहादुर रानाले जानकारी दिए ।

    स्वास्थ्यमा एकाएक समस्या आएपछि बिहीबार १२ बजे अस्पताल भर्ना गरिएका उनलाई शुक्रबार दिउँसो ३ बजे अस्पतालले मृत घोषणा गरेको थियो । रानाका अनुसार थापालाई मुटु, निमोनिया र दमको रोग देखिएको थियो ।  भर्ना गरिएलगत्तै थापालाई मणिपाल अस्पतालको सघन उपचारकक्ष (आइसियु) मा भर्ना गरिएको थियो ।

    उनको कद ०.६७ नापिएको छ । अक्टोबर १४, २०१० मा १८ वर्षको पुगेपछि खगेन्द्रले होचो मान्छे हुने श्रेय एडवार्ड निनो हर्नान्डिजबाट प्राप्त गरेका थिए । थापा मगर नेपालको बागलुङ जिल्ला धुल्लुबासकोट ६ मा १८ असोज २०४९ मा जन्मिएका थिए । उनी गाउँलेहरू माझ सानो बुद्धू भनेर चिनिन्थे ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार