२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

तेस्रोलिंगिलाई बलत्कार गरी हत्या


२६७२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ माघ ७, मंगलबार मा प्रकाशित ४ साल अघि
  • हेटौंडाकी तेस्रोलिंगी अजिता भुजेलको बलात्कारपछि हत्या भएको बताइएको छ । शनिबार हेटौंडा–५ क्याप्पा डाँडामा मृत भेटिएकी अजिताको बलात्कारपछि हत्या भएको तेस्रोलिंगी अधिकारकर्मी सूरजकिरण थापाले दावी गरेका छन् । लैंगिक अल्पसंख्यक अधिकारका लागि काम गर्दै आएकी भुजेलको शव वीभत्स अवस्थामा फेला परेको थियो ।

    भुजेलको घटना रहस्यमय रहेकाले गहिरो अनुसन्धानका लागि शवको विस्तृत जाँच गर्न त्रिवि शिक्षण अस्पताल शनिबार नै ल्याइएको छ । अधिकारकर्मी थापाका अनुसार भुजेल नग्न अवस्थामा भेटिएकोले बलात्कार भएको हुनसक्ने अस्पतालका चिकित्सकले बताएका छन् ।

    हेटौंडा–११, नवलपुरकी २९ वर्षकी तेस्रोलिंली अजिताको शवको शिक्षण अस्पताल महाराजगन्जमा पोस्टमार्टमपछि नवलपुरमा सोमबार दाहसंस्कार गरिएको छ । पोस्टमार्टममा अजिताको घाँटीमा निलडाम, टाउकोमा चोट देखिएको चिकित्सकले बताएको अजिताका फुपाजू देवबहादुर थापाले जानकारी दिए । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार