२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

हिटर बालेर सुत्दा ८ को मृत्यु


२०६७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ माघ ८, बुधबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौँ : भारतको केरलबाट नेपाल घुम्न आएका ८ जना पर्यटकले मंगलबार मकवानपुरमा ज्यान गुमाए। मकवानपुरको दामनस्थित होटल एभरेष्ट पानोरमा उनीहरुले अकालमा ज्या’न गु’माएका हुन्। चिसो मौसममा होटलको कोठाका झ्याल ढोका बन्द गरेपछि हिटर बालेर सुतेका उनीहरुको अक्सिजन अभावमा ज्यान गएको हो। अचेत अवस्थामा होटलमा फेला परेका उनीहरुलाई काठमाडौंको ह्याम्स अस्पतालमा ल्याएएपछि चिकित्सकहरुले सबैलाई मृ’त घो’षित गरिदिए। भारतबाट नेपाल भ्रमणमा आएका दुई परिवारका ८ सदस्यको अस्पतालमा ल्याउनुअघि नै मृ’त्यु भइसकेको थियो ।

    बिरामी भएको भन्‍ने खबर पाउनासाथ उहाँहरुलाई ल्याएका हौँ’, ह्याम्सका इमरजेन्सी विभाग प्रमुख डा. कमल थापाले भने, अस्पतलाको हेलिप्याडमा ल्याएर चेकजाँच गर्दा ८ जनाकै मृत्यु भइसकेको रहेछ।’ प्रहरीका अनुसार उनीहरुले होटेलमा ग्यासबाट चल्ने हिटर बालेर सुतेका थिए। बिहान ७ बजे कोठामा गएर हेर्दा उनीहरुको मृ’त्यु भइसकेको थियो। चिसो ठाउँमा उनीहरुले हिटर आफैंले ल्याएका थिए। मदिरा पिएपछि हिटर बालेर सुतेकाले उनीहरुको मृत्यु भएको आशंका प्रहरीले गरेको छ। दामन चिसो स्थानमा भएकाले भारतीय ती पर्यटक हिटर बालेर सुतेका थिए।

    सोमबार बेलुका करिब ९ बजेको समयमा १५ जनाको भारतीय टोली दामनस्थित उक्त होटलमा पुगेका थियो। उनीहरुले होटलमा ४ वटा रुम लिएका थिए। तर, पारिवारिक भ्रमण भएको भन्दै उनीहरु दुईवटा रुममा सुतेका रहेछन्, धेरै चिसो नभए पनि उनीहरुले हिटर बालेर सुतेको रहेछन्’, महानगरीय प्रहरी बृत्त महाराजगञ्जका डिएसपी उमेश लम्सालले भने, ‘उनी हरुको त्यही कारणले मृ’त्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। झ्याल ढोका सबै बन्द गरेर हिटर बालेर सुतेको अनुसन्धानबाट देखिन्छ’, उनले थपे, उनीहरुको अक्सिजनको कमीको कारणले मृत्यु भएको हुनसक्छ।’

    चिसोबाट बच्न हिटर बालेकै कारण उनीहरुको मृत्यु भएको ह्याम्स अस्पतालका डाक्टर थापा बताउँछन्। ‘झ्याल ढोका बन्द गरेर सुत्दा अक्सिजनको कमी भयो। त्यहाँ कार्बनअक्साइट धेरै भयो डाक्टर थापाले भने, धेरै मान्छे एउटै कोठामा सुतेका कारण उनीहरुको ज्यान गएको देखिन्छ।’ मृत्यु हुनेमा भारतको केरलाका ३८ वर्षीय रञ्जित कप, ३४ वर्षीय इन्द्र, ३७ वर्षीय प्रविण, ३२ वर्षीया सरिया, ५ वर्षीय बालक अभी, ७ वर्षीया बालिका अर्चना, ५ वर्षीया बैशनव र ९ वर्षीया बन्द्रा रहेका छन्। उनीनीहरु दुई परिवारका हुन्।

    दुई परिवारका बावु आमा र तिनका एक-एक छोरी रहेको प्रहरीले जनाएको छ। उनीहरु बा.३ क ३७८८ नम्बरको गाडीमा दामन पुगेको बुझिएको छ। दुईजना बस्नुपर्ने कोठामा धेरैजना बसेको कारण अक्सिजन अ’भावमा उनीहरुको ज्या’न गएको आशंका गरिएको छ। ह्याम्समा ल्याएपछि चिकित्सकहरुले उनीहरुको श्‍वा’सप्रश्‍वास बन्द भएर ज्यान गएको जनाएका छन्। ह्याम्स अस्पतालबाट आठैजनाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ। पोष्टमाटम रिपोर्टपछि मात्रै उनीहरुको मृत्युको कारण स्पष्ट हुने प्रहरीले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार