२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पाउने भयो काभ्रेले भौतिक पूर्वाधार राज्यमन्त्री


२८६९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ माघ ८, बुधबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे । हेटौंडामा राजधानी भए लगतै मन्त्रीहरुको विस्तार गर्ने तयारी भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटेर मन्त्रिपरिषद विस्तारका बारेमा छलफल गरेको जानकारी प्राप्त भएको छ ।
    प्रदेश नं तीनको राजधानी हेटौडामा राख्नको लागि सघाउनेहरुको नामावलि तयार गर्दै विस्तारको तयारी गरेको छ ।

    हेटौडा राजधानी बनाउनको लागि प्रदेशमा रहेका जिल्लाहरुका लागि अपाएक स्थान भएता पनि राजधानी बनाउनको लागि योगदान पु¥याउनेहरुलाई समेट्ने तयारी गरेको छ । मन्त्री परिषद विस्तारको क्रममा काभ्रेका सांसद चन्द्र लामाको नाम निकै अग्रपंतिमा चर्चा आएको छ । उहाँलाई भौतिक पूर्वाधार राज्यमन्त्री बनाउन ठुलै लबिङ भइरहेको छ । मुख्यमन्त्रीसँगै रहेको भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी रामेश्वर फुयालले पाउने निश्चित भएको छ । प्रदेशमा ७ वटा मन्त्रालय रहेकाले फुयाल मन्त्री भएपछि महिलासहित राज्यमन्त्री बनाउने तयारी भएको छ ।

    राज्यमन्त्रीमा पूर्वमाओवादीबाट कुमारी मोक्तान, चितवनकी कन्चन खनाल, दोलखाका विशाल खड्का र सिन्धुलीका बुद्धिमान माझी चर्चामा रहेका छन् । पूर्वएमालेबाट ललितपुरका ज्ञानेन्द्र शाक्य र बसन्त मानन्धर मन्त्रीको लागि अर्को चर्चाको नामा हो । त्यसैगरी महिलाबाट दोलखाकी शरस्वती बस्नेत, भक्तपुरकी सरस्वती बाटी, काठमाडौंकी रमा आले मगर, दोलखाकी रचना खड्का चर्चामा आएका छन् । बिषेश गरी सुरुको समयमा हेटौडा राजधानी हुँदैन भन्ने तर पछिल्लो समयमा आएर समर्थन गर्ने जिल्लालाई प्राथमिकता दिईएको स्रोतले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार