२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सप्ताहमा सवै भन्दा बढी चन्दा दान गर्नेमा महेश खरेल, एम्बुलेन्स खरिदको लागि व्यवसायीहरुबाट सात लाख सहयोग


३२६८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ माघ ९, बिहिबार मा प्रकाशित ४ साल अघि
  • पाँचखाल/समाज सुधार युवा क्लब (पाँचखाल १२ )आँपघारीको आयोजनामा माघ २ गतेबाट सुरु भई १० गते सम्म सञ्चालन हुने श्रीमद् भागवत परोपकार सेवाकुञ्जमा दानविरहरुले दान गर्ने क्रम तिब्र गतिमा अगाडी बढेको छ ।

    सप्ताहबाट संकलित रकम सामाजिक हितको लागि खर्च गर्ने प्रमुख उद्देश्यका साथ सुरुगरेको उक्त पुण्य कार्यको प्रमुख उद्देश्य एम्बुलेन्स खरिद गर्ने रहेको जानकारी प्राप्त भएको छ । एक बर्ष अगाडी उक्त क्षेत्रमा तिजमा दरखाने कार्यक्रममा फुड प्वाईजनको कारण झण्डै १ हजार जना विरामी पर्दा एम्बुलेन्सको अभाव भएको थियो । सोही पिडालाई स्मरण गर्दै एम्बुलेन्सको व्यवस्था गर्ने प्रमुख उद्देश्य राखी सप्ताहको आयोजना गरेको जानकारी प्राप्त भएको छ ।

    आयोजक मुल समितिका अध्यक्ष पुर्ण उदासका अनुसार हाल सम्म २८ लाख संङ्कलन भएको बताउनु भयो । सप्ताह समापनको अघिल्लो दिनसम्म सवभन्दा वडी चन्दा दान गर्नेमा पाँचखाल नगरका मेयर महेश खरेलवाट १ लाख ५ हजार रहेको छ । त्यसैगरी दोस्रोमा धनवहाद्र तामाङबाट १ लाख ४ हजार ९ सय ९५, तेस्रोमा प्रविन श्रेष्ठबाट १ खाल ४ हजार ४ सय ८५ रहेको छ । त्यसैगरी पाँचखालमा रहेको सात वटा इट्टा व्यवसायीहरुको तर्फबाट ७ लाख ७ सय सात रुपैया चन्दा दान गरेको थियो । इट्टा व्यवसायी एवं समाजसेवि राजकुमार श्रेष्ठका अनुसार पाँचखालमा रहेको ७ वटा इट्टा उद्योगहरुबाट दामासायि (१ लाख १ सयका दरले) ले रकम संकलन गरी एम्बुलेन्स खरिकोलागि सहयोग गरेको बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार