२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सांसद मनाङलाई प्रहरीले झ्याप


२०४६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ माघ १०, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । गण्डकी प्रदेशसभाका सदस्य राजीव गुरुङ (दीपक मनाङे) पक्राउ परेका छन् । जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी गरेलगत्तै मनाङेलाई प्रहरी हिरासतमा लिएको हो।
    अखिल नेपाल फुटबल संघ (एन्फा) कास्की अध्यक्ष मिलन गुरुङलाई दुर्व्यवहार गरेको अभियोगमा जिल्ला अदालत कास्कीले मनाङेविरुद्ध बिहीबार नै पक्राउ पुर्जी जारी गरेको थियो। त्यसलगत्तै प्रहरीले उनलाई पोखराको लेकसाइडबाट पक्राउ गरेको हो।
    मनाङेलाई बिहीबार दिउँसो चार बजे पक्राउ गरिएको जिल्ला प्रहरी कास्की स्रोतले जानकारी दिएको छ।बुधबार गुरुङले गण्डकी प्रदेशसभाका सांसद मनाङे विरुद्ध जिल्ला प्रहरी कार्यालयमा कास्कीमा जीउ धनको सुरक्षाको माग गर्दै उजुरी दिएका थिए।
    मंगलबारबाट सुरु भएको मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटनअघि एन्फा कास्की अध्यक्ष गुरुङलाई व्यवस्थापन नमिलाएको, टाइसिट बनाउँदा एकलौटी गरेको ठगेको भन्दै मनाङेले झापड हानेका थिए।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार