२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

८ लाख घुस सहित गाउँपालिका अध्यक्ष पक्राऊ


१९३६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ माघ १०, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • जाजरकोटको चुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीसहित दुईजना ८ लाख घुससहित सुर्खेतमा पक्राउ परेका छन् । गाउँपालिकाको वडानम्बर ५ मा विभिन्न उपभोक्ता समितिमार्फत निर्माण भएका सडकको भुक्तानी गर्न घुस मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले अध्यक्ष केसीलाई पक्राउ गरेको हो ।

    अध्यक्ष केसीसँगै रहेका चन्द्रबहादुर बस्नेतसमेत पक्राउ परेका छन् । घुस लिइसको ८ लाख नगदसहित उनीहरुलाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-७ कट्कुवा हेल्थपोष्ट नजिकैबाट शुक्रबार नियन्त्रणमा लिइएको अख्तियारको कार्यालय सुर्खेतका प्रवक्ता मेघनाथ सापकोटाले जानकारी दिए ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार