२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

रोकिएन टिपर आतङ्क,टिपर दुर्घटनामा परि प्रदिप को मृत्यु


३११६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ माघ ११, शनिबार मा प्रकाशित ४ साल अघि
  • सुशील राज गिरी

    काभ्रे /पाँचखाल नगरपालिका – ५, सईतिस किलो मा आज टिपरले मोटरसाइकलाई ठक्कर दिँई दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्युु भएको जानकारी प्रहरीले दिएको छ ।

    पाँचखालबाट धुलिखेलतर्फ आउँदै गरेको बा ८५ प ६०२६ नम्बरको मोटरसाइकललाई सोहि दिशाबाट आउँदै गरेको बा ४ ख ११४५ नम्बरको टिपरले पछाडीबाट ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालकको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । दुर्घटनामा परी मण्डनदेउपुर नगरपालिका वडा नं ७ का प्रदिप श्रेष्ठको मृत्यु भएको हो । रामेछाप सालु गा.पा. २ का समर मगर भने गम्भीर घाइते भएका छन । घटना लगत्तै टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरीहेको जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार