२०८१ भाद्र ३१, सोमबार | Mon, 16, Sep, 2024

आँखाको जटिल समस्याको लागि काठमाडौं धाउनु पर्दैन -महेश


२५८२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ माघ ११, शनिबार मा प्रकाशित ४ साल अघि
  • पाँचखाल/पाँचखाल नगरपालिकाका प्रमुख (मेयर) महेश खरेलले नगरलाई मोतिया विन्दु मुक्त नगर बनाउने तयारी गरेको बताउनु भयो । पाँचखाल ४ समाज कल्याण चोकमा आज (शनिबार) बाट सञ्चालनमा आएको आँखा उपचार केन्द्रको उद्घाटन गर्दै मेयर खरेलले उक्त धारणा राख्नु भएको हो ।

    कार्यक्रमका प्रमुख अतिथि मेयर खरेलले पाँचखालमा सञ्चालनमा आएको आँखा उपचार केन्द्रले गर्दा आँखाको जटिल समस्याको लागि अव काठमाडौ धाउनु नपर्ने बताउनु भयो । पाँचखालमा सञ्चालनमा आएको आँखा उपचार केन्द्रसंग नगरपालिका समन्वय गर्दै अगाडी बढ्ने बताउनु भयो ।

    मेयर खरेलले पाँचखाललाई समृद्ध बनाउनु पर्छ भनेर आफु अमेरिकाबाट फर्केर आएको बताउदै आफुले लिएको मार्गमा कल्याण ढुंगाना पनि अगाडी बढेकोमा खुसि व्यक्त गर्नुभयो । काठमाडौमा रहेर राम्रो काम गर्दै आएको ढुंगानाले आफ्नो जन्मस्थानमा सेवा गर्नुपर्छ भनि पाँचखाल आएकोमा सम्पुर्ण पाँचखाल वासिले साथ सहयोग गर्ने बताउनु भयो ।

    पाँचखालको समृद्धिको लागि एक र्दुइ जनाबाट मात्रै संभव नहुने भएकोले कल्यांण ढुंगाना जस्ता सयौं युवजाहरुको पाँचखालमा आवश्यक भएको वताउनु भयो । पछिल्लो समयमा युवाहरु पाँचखालको हितको खातिर कार्य गर्नेमा धेरै चासो दिएकोले त्यस्ता युवाहरुलाई आवश्यक साथ सहयोग गर्न तयार रहेको मेयर खरेलले बताउनु भयो ।

    कार्यक्रममा नेपाल आँखा अस्पताल त्रिपुरेस्वरका वाह्य शाखा संयोजक कल्यांण ढुंगानाले ग्रामिण भेगमा बसोवास गर्नेहरुको उच्च रक्तचाप तथा चिनिरोग (सुगर) ले गर्दा आँखामा समस्या आउने गरेको बताउनु भयो । आफु जन्मेको ठाउँमा आँखाको कुनैपनि समस्या नआवस भनि पाँचखालमा आँखा उपचार केन्द्र संञ्चालनमा ल्याएको बताउनु भयो । पाँचखालमा कुनैपनि प्रकारको दृष्टि दोष हुन नदिने प्रमुख उद्देश्यका साथ पाँचखाल आएको ढुंगानाले बताउनु भयो । उहाँले थप्नुभयो महिनामा दुई दिन आँखा बिषेशेग्यहरुलाई पाँचखालमा ल्याएर जटिल खालको समस्या समाधान गर्ने बताउनु भयो ।

    आँखा उपचार केन्द्र उद्घाटनको अवसरमा निःशुल्क शिविर सञ्चालन गरेको थियो । शिविरमा ३ सय ६ जनाले आँखा परिक्षण गराएकोमा १६ जना मोतिया विन्दु रोगी फेला परेको थियो । मोतिया विन्दुबाट समस्या भएकाहरुलाई निःशुल्क सल्यक्रियाको लागि मात्रिका आइ सेन्टर काठमाडौ पठाईएको शिविर संयोजक कल्याण ढुंगानाले जानकारी गराउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार