२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

विप्लवका स्वयंसेवक परिषद अध्यक्षले पार्टी परित्याग


२६५६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ माघ १४, मंगलबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे , धुलिखेल । नेकपा विप्लव समुह काभ्रेका युवा स्वयंसेवक परिषद अध्यक्ष रमण परियारले पार्टी परित्याग गरेका छन् । आज मंगलबार एक विज्ञप्ति जारी गरी काभ्रेका साहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाई (खतिवडा) समक्ष विज्ञप्ति हस्तान्तरण गर्दै विप्लब पार्टी परित्याग गरेको उल्लेख गरेको छ ।

    बिज्ञप्तिमा भनिएको छ “म काभ्रे पलाञ्चोक जिल्ला साविक होक्से गा.वि.स वडा नं ३ हाल पाँचखाल नगरपालीका वडा नं ७ बस्ने चित्र वहादुर दमाईको नाती, विर बहादुर सेवाको छोरा बर्ष ३१ को रमण परियार, ०६३ सालबाट नेकपा माओवादीमा आवद्ध रहंदै आएको र पार्टी फुट्दा बैद्य माओवादीमा आवद्ध रहंदै आएकोमा पुन सो पार्टी समेत फुट्दा विप्लव माओवादीमा रहेर सकृय भएर कार्य गर्दै आएकोमा आजका मितिबाट विप्लब माओवादी पार्टी परित्याग गरी कृष्पिेसामा निरन्तरता दिने छु ।” उल्लेख गरेको छ ।

    विप्लव माओवादी पार्टी परित्याग गरे लगतै रमण परियार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी कार्यालय बनेपामा पुगी नेकपा जिल्ला पार्टी कमिटिका अध्यक्ष रुकु चौलागाईको हातबाट टिका ग्रहन गर्दै अव उपरान्त सकृय रुपमा नेकपामा रहेर कार्य गर्ने बताएका छन् । पार्टी प्रवेस कार्यक्रममा युवा नेता कंञ्चन अधिकारी, राजकुमार श्रेष्ठ लगाएतका नेताहरुको उपस्थिति रहेको थियो । पर्टी प्रवेस कार्यक्रममा पत्रकारहरुसंग रमण परियारले विगतमा जान अन्जानमा विप्लव पार्टीमा रहेकोमा अव उप्रान्त नेकपामा रहेर अगाडी बढ्ने बताएका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार