२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

सामुदायिक साकोसको २६औं स्थापना दिवस तथा रजत वर्ष सम्पन्न


१८९० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ माघ १५, बुधबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे, पनौती, संघिय सांसद गंगावहादुर दोङ (बमध्वज) ले सामुदायिक साकोसले सहकारी अभियानको उदाहरणको रुपमा लागिपरी जिल्लाभरी नै आफ्नो सेवा उत्कृष्ट रुपमा प्रदान गरेको बताउनु भयो ।

    कार्यक्रमका प्रमुख अतिथि सांसद दोङले सामुदायिक सहकारीले उल्लेख्य कार्य गर्र्दै अन्तर्राष्ट्रिय स्तरमा समेत काभे्रको नामा चलाउन सफल भएको बताउनु भयो । संस्थाले आफ्नो सेवा क्षेत्र विस्तार गर्दै सेवा दिदै गएकोमा खुसि व्यक्त गर्दै जिल्लामा रहेका सवै स्थानिय तहमा सेवा विस्तार गर्न सुझाव दिनुभयो ।

    त्यसैगरी माननिय प्रदेश सभा सांसद बसुन्धारा हुमागाईले सामुदायिक सहकारीमा आफूपनि सदस्य रहेको उल्लेख गर्दे जिल्ला, देशमा मात्र नभै एसियाली स्तरमै अब्वल रुपमा परिचित हुन सकेकोमा खुसि व्यक्त गर्नुभयो । संस्थाका संञ्चालक तथा कर्मचारीहरुले दिर्घकालिन सोच र योजनाका साथ सदस्य हित र सामाजिक हितमा कार्य गर्दै आइरहेको र यहि क्रमले कार्य गर्दै गएमा संस्थाको दिगो लक्ष्य प्राप्ति गर्न कुनै कठिनाई नहुने ठोकुवा गर्नुभयो । संस्थाका हरेक कारोवार र कृयालापहरु प्रति आफू सन्तुष्ट रहेको जानकारी गराउँदै यस्तो सहकारी सवैको रोजाइमा हुनु पर्ने र संस्थाले अझै प्रगति गरोस भनी शुभकामना मन्तब्य राख्नु भएको थियो ।

    बिगत २५ देखि समुदायमा आधारित रहि सदस्यहरुको आर्थिक सामाजिक सास्कृतिक संबृद्धिमा निरन्तर लागि परेको राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कार तथा एक्सेस सिल्भर ब्राण्ड प्राप्त गर्न सफल यस सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. पनौती ४, टौखाल काभ्रेपलान्चोकले आफ्नो २६ औं स्थापना दिवस बिभिन्न विधामा उच्च स्थान हासिल गर्न सफल सदस्यहरु सम्मान, पूर्व सञ्चालक सम्मान, जेष्ठ सदस्य सम्मान, पूर्व कर्मचारी सम्मान, छात्रबृति वितरण तथा एस.ई.ई. सम्मान, वर्षको उत्कृष्ठ कर्मचारी सम्मान, विविध साँस्कृतिक कार्यक्रमका साथै सामाजिक उत्तरदायित्व अन्र्तगत ने.रे.सो.को प्राविधिक सहयोगमा रक्तदान तथा बनेपा हेल्थ केयरको प्राविधिक सहयोगमा सुगर पे्रशर परिक्षण शिविर सञ्चालन भएको थियो ।

    संस्थाका अध्यक्ष प्रकाश बन्जाराको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाका सचिव मुकुन्द शर्माले सञ्चालन गर्नु भएको कार्यक्रममा २६ औं स्थापना दिवसको अवसरमा प्रकाशित सामुदायिक विशेष बुलेटिन विशिष्ट अतिथि माननिय प्रदेश सभा सांसद बसुन्धारा हुमागाईले अनावरण गर्नु भएको थियो ।
    मन्तब्यकै क्रममा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले यस संस्था सदस्य केन्द्रित भएर सञ्चालक तथा ब्यवस्थापनले गरेको मेहनतले नै यो अवस्थामा आइपुगेको उल्लेख गर्नुभयो । संस्था एसियाली स्तरकै अब्वल संस्थाहरु मध्येमा भएकोले पनि संस्था सवल र सुरक्षित रहेको पुष्टि भएको जानकारी गराउँदै यो सहकारी संस्थाको छुट्टै पहिचान र विशेषता रहेकोले सदस्य हितलाई प्रमुखतामा राखि कार्य गर्ने मात्र नभै सदस्यलाई नाफाको अंशलाई बोनस र कारोवारको आधारमा संरक्षित पूँजी फिर्ता कोषको रकम वितरण समेत गर्ने गरेकोले सदस्य नै यसका मालिक हुन् भन्ने कुरा बुझेर सहकारी संस्था बैक भन्दा फरक र सदस्य मैत्रि रहेको उल्लेख गर्दै सम्पूर्ण कारोवार सहकारी मार्फत नै गर्नुपर्नेमा जोड दिनुहुँदै सहकारीमा पनि सामुदायिक जस्तो अब्वल संस्थाको सदस्यता लिई कारोवार गर्नुपर्ने बताउँदै संस्थाले गरेको प्रगति तथा उत्कृष्ट कार्यहरुको प्रसंसा गर्दे आवश्यक सहयोग तथा सहकार्यका लागि नेफ्स्कून सदैव तत्पर रहने प्रतिबद्धता ब्यक्त गर्दै अझै प्रगतिको शुभकामना ब्यक्त गर्नु भयो ।

    संस्थाका अध्यक्ष तथा २६ औं स्थापना दिवस कार्यक्रमका सभाध्यक्ष प्रकाश बन्जाराले स्थापना दिवस भनेकोे संस्थालाई स्थापना देखि आजका दिनसम्म ल्याउनका लागि योगदान गर्नुहुने सवैलाई सम्झना गर्दै सवैमा शुभकामना ब्यक्त गर्ने दिन भएको उल्लेख गर्दै संस्थालाई यहाँसम्म पुर्याउनका लागि योगदान गर्नुहुने सवैमा आभार ब्यक्त गर्नु भएको थियो । संस्थाले सदस्य र समुदायमुखि भएर कार्य गरिरहेको उल्लेख गर्दै सुनकोशी पाँचखाल खानेपानी आयोजनाको पाँचखाल नगरपालिकासंगको सम्झौता अनुरुप गरेको कार्यलाई उदाहरणिय रुपमा लिएको पनि उल्लेख गर्नु भयो । बचतबाट मात्र संबृद्धि सम्भव भएको उल्लेख गर्नुहुँदै हिजो फजुल खर्च कटौतीले बचत बढाउन सकिन्छ भन्ने थियो भने आज त्यतिले मात्र सम्भव छैन अव ब्यवसायिकता मार्फत आम्दानिको स्रोत बढाएर सम्बृद्धि सम्भव भएकाले सामुदायिक ब्यवसायिक तालिम र सहजीकरणको मध्यमले सदस्यको संबृद्धिमा लागि परेको उल्लेख गर्नु भयो साथै उहाँले सहकारी बिग मर्जरको कुरा उठाउँदै जिल्लाका ब्राण्ड प्राप्त संस्थाहरु एकीकरण तर्फ लाग्नुपर्ने र सदस्यहरुलाई अधिकतम सेवा तथा सुविधा उपलब्ध गराउन अग्रसर हुनको लागि आफु जस्तोसुकै त्याग गर्न तयार रहको विचार ब्यक्त गर्दै २६ औं स्थापना दिवस भब्यताका साथ सम्पन्न गर्न आफ्नो अमूल्य समय प्रदान गरि पाल्नुहुने प्रमुख अतिथि, विशिष्ट अतिथि लगायत सम्पूर्णमा हार्दिक कृतज्ञता ब्यक्त गर्नुभएको थियो ।

    स्थापना दिवस कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार एवं संस्थापक अध्यक्ष शम्भुलाल श्रेष्ठ, जिल्ला सहकारी संघ लि., काभ्रेपलाञ्चोकका अध्यक्ष बिनोद पराजुली, पनौती न.पा. का उपप्रमुख गिता बन्जारा, बागमती प्रदेश विकास समिति सदस्य कुमार थापा, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा संस्थाका लेखा तथा सुपरिवेक्षण समितिका संयोजक श्री हरिप्रसाद तिमल्सिनाले स्वागत मन्तब्य राख्नु भएको थियो भने संस्थाका कोषाध्यक्ष प्रताप ताम्राकारले संस्था परिचय, वर्तमान अवस्था र संस्थाले प्रदान गर्ने सेवा सुविधाका बारेमा चर्चा गर्नुभयो । कार्यक्रम सञ्चालन संस्थाका सचिव मुकुन्द शर्माले गर्नुभएको थियो ।

    २६ औं स्थापना दिवस तथा रजत वर्षको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५५ जना रक्तदाताहरुले रक्तदान गर्नुभएको थियो भने रक्तचाप तथा सुगर परिक्षण शिविरमा ९८ जनाले परिक्षण गराई सेवा लिनु भएको थियो । संस्थाले स्थापना दिवसकै अवसरमा गत माघ ६ गते गरेको जिल्ला स्तरिय ११ र १२ कक्षाका हाजिरी जवाफ प्रतियोगितामा १५ वटा विद्यालय सहभागी भएको र जसमा बेलर ईन्टरनेशनल एकेडेमीले प्रथम स्थान, भालेश्वर मा.वि. ले द्वितिय स्थान, एस.ओ.एस. विद्यालयले तृतीय स्थान र कुशादेवी मा.वि.ले सान्त्वना स्थान हासिल गरेकोमा स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा क्रमश ः रु ३० हजार, २० हजार, १० हजार र ५ हजार नगद, ट्रफि र प्रमाण पत्र वितरण गरिएको थियो । साथै संस्थाले १५ वटै विद्यालयका सहभागी भाईबहीनी तथा विद्यालयका प्रतिनिधिहरुलाई हाजिरी जवाफ कार्यक्रममा सहभागीता जनाएकोमा धन्यवाद सहित संस्थाको सदस्यता प्रदान गरेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार