२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

रेडक्रस कभ्रेमा ब्रम्ह लुट


२७२३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ माघ १५, बुधबार मा प्रकाशित ४ साल अघि
  • कभ्रे । विनासकारी महाँभुकम्पले नेपाली जनतालाई थिलथिलो पार्यो, मानविय क्षतिका साथै ठुलो धनजनको क्षति भयो । मानविय पिडामा साथ सहयोग गर्न धेरै संघ संस्थाहरुको दौडधुप भयो । पिडामा छटपटाई रहेकाहरुलाई राहतको सामाग्रीले निकै सान्त्वना मिल्यो । मानविय सेवामा कार्य गर्ने प्रमुख उद्देश्यले अगाडी बढेको नेपाल रेडक्रस सोसाईटि काभे्रले पनि मानविय सेवाको लागि राम्रै कार्य गरेको थियो ।
    नेरेसो काभे्रले मानविय सेवामा कार्य गर्दै गर्दा पदाथिकारीहरु मोटाउने काम पनि गरेको खुल्न आएको छ । ४ बर्ष अगाडी भूकम्प पिडितहरुको सेवा गर्ने वाहानामा पदाधिकारीहरुले राम्रै कमाई गरेको कुरा आन्तरिक राजश्व कार्यालयले कर कार्यालय काभे्रलाई लेखेको पत्रबाट प्रस्टिएको छ । नेरेसोको निर्वाचनको समयमा धेरै प्रलोभन साथै भागवण्डामा जिम्मेवारी सम्हाल्नुको रहस्य बल्ल खुल्न आएको छ । पदाधिकारीहरुले मितिमतोमा तलबनै खाने गरेको समेत खुल्न आएको छ ।

    नेपाल रेडक्रस सोसाइटीका पदाधिकारीका लागि भूकम्प कमाउने भाडो सावित भएको तथ्य खुलेको छ । अध्यक्ष सञ्जीव थापासहितका पदाधिकारी तथा आफन्तका लागि महाभूकम्प अकुत सम्पत्ति कमाउने बरदान सावित भएको पाइएको हो ।
    नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यसमितिका ७ जनासहित भूकम्प प्रभावित जिल्लाका ७० जनाले भूकम्पको नाममा लुट मच्चाएका हुन । रेडक्रसको तथ्यांकअनुसार केन्द्रीय पदाधिकारीसहित भूकम्प प्रभावित ओखलढुङ्गा, रामेछाप, सिन्धुली, ललितपुर, भक्तपुर, काठमाण्डौं, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, गोरखा, रसुवा, नुवाकोट, धादिङ, दोलखा र मकवानपुर जिल्लाका रेडक्रस भूकम्प प्रतिकार्य सञ्चालन समितिका ७० जना पदाधिकारी तथा सदस्यहरुले तलबलाई घुमाउरो पाराले मासिक अनोरियम भनेर लुट मच्चाएका हुन ।

    भूकम्पपश्चात केन्द्रीय कार्यालयमा भूकम्प प्रतिकार्य सञ्चालन समितिको गठन गरी २०७२/३/२५ गते विशेष निर्णय गरेर सुबिधाको नाममा लुट मच्चाइएको हो । सो निर्णयअनुसार केन्द्रीय अध्यक्ष थापाले १,२५,०००।, महामन्त्री देबरत्न धाख्वाले ९८,१००।, कोषाध्यक्ष देबेन्द्रबहादुर प्रधानले ६३,०००।, उपमहामन्त्री हरिप्रसाद न्यौपानेले ५४,०००।, केन्द्रीय उपाध्यक्ष अजितकुमार शर्माले ४०,०००। र केन्द्रीय सदस्य भक्त खवासले ४०,०००। मासिक रुपमा लिनुभएको हो ।
    उहाँहरुले २०७२ असार १ गतेदेखि २०७५ भदौं १४ गतेसम्म अनोरियम बुझे पनि कर भने नतिरेको पाइएको छ । यति धेरै रकम लिएर पनि राज्यलाई एक प्रतिशत मात्र कर तिरेको उजुरीपछि आन्तरिक राजश्व कार्यालय कालिमाटीले अनुसन्धान गरी २०७५ पुस २५ गते १५ प्रतिशत कर अशुली गर्न रेडक्रस केन्द्र तथा जिल्ला शाखाहरुलाई निर्देशन दिएको थियो ।

    राजश्व कार्यालयले काभे्र कर कार्यालयलाई लेखेको पत्र
    श्री कर प्रमूख धुलिखेल

    नेरेसो।काभ्रेपलाञ्चोक जिल्ला शाखाका पदाधिकारी तथा सदस्यहरुले पदमा भएको बेला भूकम्पमा आएको रकमबाट रेडक्रस र सरकारी नोकरी, शिक्षक र वडा अध्यक्ष भएर दोहोरो तलब खाएको समेत बुझिन आएको रेडक्रसबाट खाएको तलबबाट १ प्रतिशत मात्र कर तिरेको तथ्य आईंसकेको यहाँहरुको विभाग आन्तरिक राजश्व
    कार्यालयले लाजिम्पाटबाट १५ प्रतिशत, जरिवाना, व्याजसमेत अशुली गर्ने निर्णय भईसकेकोले उनीहरुले सरकारबाट खाएकोले तलबमा पनि कर छली हुन सक्ने भएकोले छानवीन गरी तत्काल कर अशुली गर्न अनुरोध छ । १ वर्ष देखि विभागबाट निर्णय भईसक्दा पनि यहाँको कार्यालयबाट कर अशुलीको पहल नभएकोमा हाम्रो गम्भीर ध्यानाकर्ष भएको छ ।
    रेडक्रसबाट खाएको तलबको मात्र कर नतिरेकोले छिटो छिटो भन्दा कर जरिवाना, व्याज सहित कर अशुली गरी जानकारी गराईदिन अनुरोध छ । नेरेसो।काभ्रेपलाञ्चोक जिल्ला शाखाले समुदायमा उपयोग गर्ने रकम जिल्ला शाखाको लेखा परिक्षण प्रतिबेदनमा करौडौ रकम नाफा तथा बचत भनेर विभिन्न बैक खातामा राखेको तर राज्यलाई कर नियमअनुसार २५ प्रतिशत कर नतिरेकोले विगत ५ बर्ष देखि आर्थिक प्रणालीको अनुसन्धान गर्न गराउनसमेत अनुरोध छ । यदी अन्य जिल्लाहरु सिन्धुपाल्चोक जिल्ला शाखा र दोलखा, रामेछाप यहाँको कार्य क्षत्रे पदछ भने ति जिल्लामा पनि उपरोक्त करको अशुली गर्नसमेत अनुरोध छ

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार