२०८१ कार्तिक ७, बुधबार | Wed, 23, Oct, 2024

बंगलादेशी नागरिकको हत्या


२२०१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ माघ १६, बिहिबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । बंगलादेशी नागरिक अहमद मोहिउद्दिन अहमदको हत्या भएको छ । तर उनीसँगै कोठामा बसेको साथी सीमापारि पुग्दा समेत हत्याको सुइँको कसैले पाइनन् ।

    पेशाले ट्राभल एजेन्सी सञ्चालक अहमद ६ माघमा बंगलादेशी साथी दुला मियासँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका थिए । अहमद ७ पटक नेपाल आएको राहदानीमा भएको रेकर्डले देखाउँछ । क्यासिनो खेलेर रमाइलो गर्ने सौखकै कारण नेपाल आएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । अहमद र दुला मियाले सोल्टीमोडको होटल ग्राण्ड भिलाको ११४ नम्बर कोठा बुक गरेका थिए । हिमालय एयरलाइन्सको विमानबाट काठमाडौं ओर्लिँदा रातको साढे ९ बजिसकेकाले ट्याक्सी लिएर उनीहरु सिधै होटलतिर लागे ।

    भोलिपल्ट दिउँसो २ः४५ तिर दुवैसँगै खाना खान ओर्लिए । होटलको क्लोज सर्किट (सीसी) क्यामरामा अपरान्ह ३ः४० बजे दुई जना बरण्डामा बसेर घाम ताप्दै गफिएको देखिन्छ ।तर तेस्रो दिन अपरान्हसम्म पनि कोठाबाट कोही ननिस्किएपछि होटल कर्मचारीले हेर्न पुगे ।

    त्यसक्रममा अहमदको मृत शरीर रगताम्ये अवस्थामा भेटियो । ‘प्रायः होटलमा पनि नखाने र दिउँसो बाहिर पनि ननिस्किने भएकाले पहिले वास्ता गरेनौं’, होटलका कर्मचारीले भनेका छन्, ‘त्यसैले भोलिपल्ट मात्र घटनाबारे थाहा भयो ।’ महानगरीय प्रहरी वृत्त, कालिमाटीका डीएसपी रुगम कुँवर भन्छन्, ‘हामीलाई घटना भएको एक दिनपछि सवा ४ मात्र खबर आयो । त्यसैले अनुसन्धान थाल्न ढिलाइ भयो ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार