२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

समाजवादी काे संगठन विस्तार तथा सुदृढीकरण अभियान कपिलवस्तुमा


२०८९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ माघ १६, बिहिबार मा प्रकाशित ४ साल अघि
  • धीरज काेरी

    कपिलवस्तु ,१५ माघ समाजवादी पार्टी कपिलवस्तुले संगठन विस्तार तथा सुदृढीकरण अभियान उद्घाटन अभिमुखिकरण कार्यक्रम कपिलवस्तु मा सम्पन्न भएको छ। अभियान मा मायादेवी गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष सहित १ जना कार्यपालिका सदस्य पनि प्रवेश गरेका छन ।

    वडा नं. २ का वडा अध्यक्ष सरफुद्दिन मुसालमान, मायादेवी गाउँकार्यपालिका सदस्य महेन्द्र धोवी र ४ जना वडा सदस्यहरु प्रवेश गरेको नव प्रवेशी मुसालमानले जानकारी दिनु भएको छ । समाजवादी पार्टीकाे सरफुद्दिनलाई कपिलवस्तु जिल्ला उपाध्यक्ष जस्ता जिम्मेवारी समेत दिइएको शैलेन्द्र कुमार यादव ले जानकारी दिनु भयो । कार्यक्रममा बाेल्दै केन्द्रिय सदस्य तथा प्रदेश ५ का ईन्चर्ज दानबहादुर चौधरीले पार्टीले बनाएको नीति नियमलाई सबै नेता र कार्याकर्ताले पूर्णरूपमा मन्नु पर्छ। मधेसी जनताको हक अधिकार काे लागि पार्टीले खेल्ने भुमिका खेलिरहेका छ। अधिकार का लागि पुन अान्दोलन गर्नु परेकाे खण्डमा हाम्रो पछाडि नबढ्ने जानकारी दिनु भएको छ।

    केन्द्रिय सदस्य तथा प्रदेशको संसदीय दलका नेता सहसराम यादवले प्रदेश ५ काे राजधानी कपिलवस्तु काे तिलाैराकाेट हुनु पर्छ । विकास काे रुपमा हेर्ने हाे भने हाम्रो जिल्ला कपिलवस्तु धैर्रे पछि रहेकाे छ । प्रदेश ५ बीच कपिलवस्तु परेकाे हुनले राजधानी काे लागि उपयुक्त ठाउँ रहेको बताउनु भयो । पार्टी लाई अगाडि बढाउन काे लागि संगठन विस्तार तथा सुदृढीकरण अभियान केन्द्र बाट याे कार्यक्रम सुरुवात भएको छ । कपिलवस्तु जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवले जनताको गरिबी ,पीडा जस्ता कुरा काे अनुभव गरेर अगाडि बढी रहेको पाइन्छ । याे कार्यक्रम कपिलवस्तु जिल्ला भित्र का नगरपालिका र गाउपालिका मा छिटो भन्दा छिटो सुदृढीकरण अभियान कार्यक्रम हुन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार