२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

विन्धवासिनीको सेवा केन्द्र च्यासिंखर्कमा


१७९० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ माघ १७, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • प्रदिप केसी
    च्यासिंकखर्क /राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत ख्याति कमाउन सफल काभ्रे जिल्लाको अग्रणी सहकारी संस्थाको रुपमा रहेको विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि.ले सदस्य सेवालाई ग्रामिण स्तरबाटनै पु¥याउने उदेश्यका साथ ढुंखर्क सेवा कार्यालय अन्तर्गत बिहिबारबाट च्यासिंखर्कमा सेवा केन्द्र सुभारम्भ गरेको छ ।

    संस्थाका कोषाध्यक्ष शान्तकुमार श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा बेथानचोक गाउँपालिका वडा नं ५ का वडाध्यक्ष खजेञ्ची वहादुर लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सोही अवसरमा संस्थाले संस्थाको गतिविधि तथा विद्यमान नीति नियम सदस्यमाझ पु¥याउने उदेश्यले सदस्य विस्तारित भेला समेत भएकोे थियो । संस्थाका प्रमुख व्यवस्थापक के.वि लामा स्यांतान्ले उपस्थित सदस्यहरुलाई संस्थाको नीतिगत व्यवस्था तथा हिजोसम्मको संस्थाको आर्थिक गतिविधिवारे जानकारी गराउनुका साथै संस्थाले हालै मात्र काठमाडौमा समेत सेवा विस्तार गर्न सफल भएको जानकारी सदस्यमाझ गराउनु भएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य संचालक समिति सदस्य गोविन्द प्रसाद अधिकारीले गर्नुभएको थियो ।

    कार्यक्रममा विभिन्न स्थानियतहका जनप्रतिनिधि लगाएत संस्थाका संचालक समिति सदस्य गोविन्द प्रसाद अधिकारी, भिम वहादुर के.सी, शिक्षा उप समिति सदस्य, केदार वहादुर क्षेत्री, लघुवित्त उपसमिति सदस्य बुद्धिमाया तामाङ, सेवा कार्यालय व्यवस्थापन उपसमिति पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको उक्त कार्यक्रमको संचालन सेवा कार्यालय ढुंखर्कका कार्यालय व्यवस्थापन राजेन्द्र बन्जाराले गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार