२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

विन्धवासिनीको अर्धबार्षिक समिक्षा गोष्ठी सम्पन्न


२८०९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ माघ १८, शनिबार मा प्रकाशित ४ साल अघि
  • प्रदिप केसी
    माघ १८, काभ्रे
    सर्वोत्कृष्ट सहकारीको रुपमा परिचित बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले अर्धवार्षिक समीक्षा गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष प्रदिप थापाको सभापतित्वमा सम्पन्न भएको समीक्षा गोष्ठीमा गत बार्षिक समीक्षाको निष्कर्ष तथा रणनीतिहरु र कार्यान्वयनको अवस्था, अर्धबार्षिक प्रगतिको समीक्षा, सबल पक्ष र सुधार गर्नुपर्ने कुराहरु र चालू आ.ब २०७६/७७ को निर्धारित लक्ष्य तथा प्रगति हासिल गर्नका लागि अपनाउनु पर्ने थप रणनीतिहरुको बारेमा विस्तृत छलफल भएको थियो ।

    उक्त कार्यक्रममा संस्थाको केन्द्रीय कार्यालय लगायत छ वटा कार्यालयको क्षेत्रगत प्रगति प्रतिवेदन एवं रणनीति एवं केन्द्रीय कार्यालयका विभागीय व्यवस्थापकहरुले विभागीय प्रगति एवं रणनीति र प्रमुख व्यवस्थापक के.वि लामा स्यांतान्ले संस्थाको समष्टिगत प्रगति एवं लक्ष्य लगायत ऋण उपसमितिको प्रतिवेदन, लेखा तथा सुपरीवेक्षण समितिको प्रतिवेदनका बारेमा छलफल गरी निचोड सहित कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा संचालक समितिका पदाधिकारी एवं सदस्यहरु, लेखा तथा सुपरीवेक्षण समितिका संयोजक एवं सदस्यहरु, सेवा कार्यालय व्यवस्थापन समितिका संयोजक एवं पदाधिकारी, विभिन्न उप–समितिका पदाधिकारी, विभागीय ब्यवस्थापक, सेवा कार्यालय व्यवस्थापक र सहायक कार्यालय व्यवस्थापकहरुको उपस्थिति रहेको थियो ।

    उक्त कार्यक्रममा संस्थाको शेयर सदस्य संख्या ३५ हजार चार सय ३०, बचत तथा निक्षेपतर्फ २ अर्व १७ करोड ६३ लाख ३४ हजार ऋण लगानीमा रहेको रकम २ अर्व १८ करोड ९४ लाख ०७ हजार, कुल सम्पत्ति २ अर्व ८६ करोड ५९ लाख, ६५ हजार कुल बचत ९९ लाख ८४ हजार रुपैया गर्न सफल भएको जानकारी गराईएको थियो । साथै सोही अवसरमा संस्थाले काठमाडौमा समेत कार्यक्षेत्र संचालनका लागी स्विकृती प्राप्त गर्न सफल भएको जानकारी समेत संस्थाका प्रमूख व्यवस्थापकले जानकारी दिनुभयो ।

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार