२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

उपभोक्ता समिति गठनको विवादमा कुटाकुट, खानेपानीको व्यवस्था गर्न खोज्दा घाईते भए रमेस


७९६८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ माघ २०, सोमबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे/पाँचखाल नगरपालिका वडा नं ६ तिनपिप्ले बजारमा उपभोक्ता समिति गठनको लागि भएको छलफलमा बिवाद हुंदा रमेस पौडेल घाईते भएका छन् ।

    बजारमा पिउने पानीको चरम अभाव भएकोले समस्या समाधानको लागि प्रदेश मार्फत आएको वजेटबाट डिप बोरिङ्ग गरी पानी व्यवस्थापन गर्ने योजना अनुसार उपभोक्ता समिति गठनको लागि छलफल हुँदै गरेको अवस्थामा पाँचखाल वडा नं ६ तिनपिप्ले निवासी रमेस पौडेल लगायत माथी हातपात भएको थियो ।

    पिउने पानीको अभावलाई मध्य नजर राख्दै (प्रदेस सांसद लक्ष्मण लम्सालको पहलमा )बागमती प्रदेशबाट ५० लाख बजेट व्यवस्था भएको थियो । सो बजेटबाट डिप बोरिङ्ग गरी पाँचखाल वडा नं ६ स्थित तिनपिप्ले बजार, पौडेलथोक र एकता बस्ति (जैसिडिही) समेतलाई पिउने पानीको व्यवस्था गर्ने उद्देश्यले आईतबार भेला बोलाईएको थियो ।
    वडा नं ६ का वडा अध्यक्ष रामशरण दुलालको निर्देशनमा सवै क्षेत्रलाई समेट्ने गरी उपभोक्ता समितिको लागि नामावलिको पहिलो चरणको ड्राफ्ट तयार गर्ने क्रममा तिनपिप्ले वजारका निर्मल श्रेष्ठले लेख्दै गरेको पन्ना खोसेर च्यातेका थिए । पन्ना च्यातेपछि छलफल हुंदै गरेको अवस्थामा वडा अध्यक्षकै अगाडी पन्ना किन च्यातियो भनि सोध्दा निर्मल श्रेष्ठ लगाएतले रमेस पौडेल लगायतलाई हातपात गरेकोले कारवाहीको लागि प्रहरीमा उजुरी गरेको जानकारी प्राप्त भएको छ ।
    हातपात भएको समयमा सामान्य देखिएपनि विस्तारै पौडेलको मुख वाउन र चपाउन समस्या हुँदै दुखाई वढ्दै गएपछि आईतबार राति ११ वजे मध्यपुर ठिमिमा उपचारकोे लागि भर्ना गरिएको छ । उपचारको लागि साथमा जानु भएका निरञ्जन ढुंगानाको अनुसार अनुहारमा लागेको चोटको कारण मुख बाउन समस्या परेको डाक्टरको भनाई रहेको स्वास्थ्य परिक्षणको सवै रिपोर्ट सोमबार विहान मात्र आउने भएकोले स्वास्थ्य अवस्थाको वारेमा पुर्ण रुपमा जानकारी नभएको जानकारी गराउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार