२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पाए काभ्रेका दुई गाउँपालिकाले एम्बुलेन्स


२०७३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ माघ २०, सोमबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले काभ्रेको दुई गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेका छन् । क्यानेडिएन रेडक्रसमार्फत अनुदानमा आएको दुई एम्बुलेन्स नेपाल रेडक्रस सोसाइटीले काभ्रे शाखाको संयोजनमा काभ्रेको दुई गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।
    एम्बुलेन्स पाउने दुई गाउँपालिकामा चौरीदेउराली गाउँपालिका र बेथानचोक गाउँपालिका रहेका छन् । नेपाल रेडक्रस काभ्रे शाखामार्फत ‘ख’ वर्गको स्वास्थ्य सामग्री सहितको सुबिधा सम्पन्न एमबुलेन्स दुई गाउँपालिकालाई हस्तान्तरण गरिएको थियो ।
    एम्बुलेन्स हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री बाँस्कोटाले क्यानेडियन सरकारले कमाएको पैसाबाट बचाएर नेपाललाई गरिएको सहयोगको सम्मान गर्नुपर्ने बताउँदै मानवीय संस्था रेडक्रस विश्वव्यापी मान्यता अनुसार चल्नुपर्ने बताए ।
    कार्यक्रममा बागमती प्रदेशसभा सदस्य सांसद रत्न ढकाल, चौरीदेउराली गाउँपालिकाका अध्यक्ष दीननाथ गौतम, बेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिना, नेकपा काभ्रेका अध्यक्ष रुकू चौलागाईं, नेपाली कांग्रेस, काभ्रेका उपसभापति अच्युत पौडेल, नेपाल रेडक्रस केन्द्रीय कोषाध्यक्ष देवेन्द्र प्रधान, जिल्ला शाखा अध्यक्ष रघुबर चौप्रधान लगायतको सहभागीता रहेका थिए ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार