२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

प्रशिक्षण दिदै गर्दा ढलेर प्रशिक्षकको मृत्यु


१८१६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ माघ २०, सोमबार मा प्रकाशित ४ साल अघि
  • संखुवासभा । प्रशिक्षण दिइरहेको बेला आकस्मिक रुपमा बेहोस भई ढल्दा आलोकचन्द्र न्यौपानेको मृत्यु भएको छ ।एकीकृत पोषण तथा स्वास्थ्य कार्यक्रमको समीक्षा तथा दिगोपनासम्बन्धी चैनपुर नगरस्तरीय कार्यशाला गोष्ठी चलिरहेको बेला न्यौपाने ढल्नुभएको थियो ।

    चैनपुर नगरपालिकाद्वारा सञ्चालित कार्यशालामा प्रशिक्षण दिने क्रममा बेहोस बनेका ४९ वर्षीय न्यौपानेलाई उपचारका लागि नजीकको स्वास्थ्य केन्द्र हेल्पिङ ह्यान्ड्समा लैजाँदै गर्दा साँझ ६:४५ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।

    गोष्ठीमा नगर प्रमुख भरतकुमार खत्रीसहित ११ वडाका अध्यक्षहरु, नगर क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा कार्यरत कार्यालय प्रमुख तथा प्रतिनिधिहरु र स्वास्थ्य स्वयंसेविकालगायतको सहभागिता रहेको थियो । मृतक न्यौपानेको शव सोमबार उहाँको आफ्नै भक्तपुरस्थित चाँगुनारायण नगरपालिका–३ मा रहेको घर पठाइएको प्रहरीले जानकारी दिए ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार