२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सवारी दुर्घटनामा १९ यात्रु घाइते


१५१४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ माघ २५, शनिबार मा प्रकाशित ४ साल अघि
  • दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ रिमाल्नीमा शनिबार बिहान भएको सवारी दुर्घटनामा १९ यात्रु घाइते भएका छन् । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ना ७ ख ६२६८ नं को ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना ७ ख ४४२४ नं को बस एकआपसमा ठक्कर खाँदा बस चालकसहित १९ यात्रु घाइते भएका हुन् ।

    दुर्घटनामा घाइते बस चालक चितवन जिल्ला भरतपुर महानगरपालिका–२७ का ४२ वर्षीय किरण काफ्लेसहित १९ यात्रुको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । बस चालक काफ्लेको हात, खुट्टा र गालामा चोट लागेको छ । ट्रक र त्यसका चालक प्रहरीको नियन्त्रणमा छ ।

    यसैगरी पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ घाँसीकुवामा शुक्रबार राति भएको कार दुर्घटनामा छ जना घाइते भएका छन् । कावासोतीबाट पोखरातर्फ आउँदै गरेको बा १३ च ८४८१ नं को कार अनियन्त्रित भई सडकबाट पल्टिँदा छ जना घाइते भएका हुन् । घाइते सबैको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार पश्चात् डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार