२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पकडीमा अस्थाई ट्राफिक प्रहरी बिट


२८५७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ माघ २८, मंगलबार मा प्रकाशित ४ साल अघि
  • धीरज कोरी

    कपिलवस्तु । २८ माघ मायादेवी गाउँपालिका वडा नं. १ पकडी चौकमा ट्राफिक प्रहरी बिटको स्थापना भएको छ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्य अन्तरगत सो बिट निर्माण गरेको छ ।

    पकडी चोक हुदै ओहर दोहर गर्ने यात्रु, सवारीसाधन स्थानिय सर्बसाधारण तथा ब्यापारीले प्रत्यक्ष रुपमा सुबिधा प्राप्त गर्नेगरि उद्देश्यले निर्माण गरिएको छ । बैंकले २ थान रोड ब्लकर, १ थान बेन्च र १ थान कुर्चि समेत गरि कुल उन्चालिस हजार पॉच सय बराबरको सहयोग गर्दै बिट निर्माण गरेको छ । मंगलबार पकडी चोकमा रहेको उक्त ट्राफिक प्रहरी बिटमा बैंकद्वारा एक कार्यक्रम अयोजना गरि हस्तान्तरण गरेको छ ।

    कार्यक्रममा गाउ‘पालिका अध्यक्ष बजरंगी प्रसाद कुर्मी, प्रमुख प्रशासकिय अधिकृत जनकराज पन्थि, वार्ड नं. १ का अध्यक्ष हरिगोबिन्द चौधरी, इलाका प्रहरी कार्यालय पकडीका इन्चार्ज गणेश सुबेदी, पकडी बजार ब्यबस्थापन समिति अध्यक्ष प्रमात्मा बानिया, लगायतको उपास्थिति रहेको थियो । कार्यक्रम मार्फत शाखा प्रबन्धक दिपेश्वर अर्यालले उक्त बिट हस्तान्तरण गर्दै निकट भबिष्य चाकरचौडा स्थित सिमा सुरक्षा प्रहरी बिटमा समेत यस्तै किसिमको कार्य गर्न पहल गरिने बताउनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार