२०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024

असुरक्षीत भए पाँचखालवासी


२८३९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ माघ २९, बुधबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे।पछिल्लो समयमा पाँचखालमा सुरक्षको अवस्था खस्किदा स्थानियहरुको असुरक्षीत महसुस गर्न थालेका छन् । विगतमा हुनेगरेको सवारी साधन तथा पैदल गस्ति नहुनु साथै स्थानिको समस्यामा प्रहरीले साथ दिन नसक्दा समस्या आएको हो ।

    केहि दिन अगाडी पाँचखालमा दुई दिन सम्म बाघले आतंङ्क मच्चायो सो बिषयमा प्रहरीलाई तत्काल जानकारी गराउदा सुनुवाई भएन । जसको कारण १४ जना घाईते भए । पहिलो दिनमा कलेज अध्ययन गर्न जाने ४ जना विद्यार्थीहरुलाई बाघले घाईते बनाएको थियो । सोही दिन पाँचखाल प्रहरीलाई जानकारी गराउँदा कुनै वास्ता भएन ।

    प्रहरीले आतंङ्क मच्चाउने बाघको विषयमा सोच्ला भन्दै स्थानियले बाघलाई केही गरेनन, कानुनी आधारमा बाघ मार्न पाइन्न । तर दुई दिन सम्म प्रहरीलाई स्थानियहरु लगायत जनप्रतीनिधिहरुले समेत पटक पटक जानकारी गराउंदै हार गुहार गर्दा कुनै सुनुवाई नभएपछि बाध्य भएर स्थानियहरुले बाघ मारेर थप घटना हुनबाट बचे । पछिल्लो समयमा स्थानियहरुले समस्या लिएर प्रहरी चौकी पुग्दा विभिन्न बाहना बनाई आल टाल गर्दै बस्ने गर्दा समस्या आएको पाँचखाल वासिहरुको गुनासो रहेको छ ।

    प्रहरीको निस्कृयताको मौका थोप्दै चोरीको विगविगि रहेको छ पाँचखालमा । त्यसैगरी जुवातास साथै घरेलु मदिराको उत्पादन, ओसार पसार साथै वेचविखन हुँदा थप समस्या आउने गरेको छ । नसाकै सुरमा विभिन्न प्रकारको विवादहरु दिनपर दिन बढ्दै जाँदा समेत प्रहरीले चासो नदिएको स्थानियहरुको साथै जनप्रतीनिधिहरुको गुनासो रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार