२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पाँचखाल नगरपालिका प्रदेशकै उत्कृष्ट, कती सक्षम छ त बाग्मती प्रदेश ? हेर्नोस त कदरपत्र


४४७९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ माघ २९, बुधबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे । बागमती प्रदेसश रसकारको दोसो वार्षिकोत्सव कार्यक्रममा प्रदेशमा रहेका महाँनगर, उप—महाँनगर, नगरपालिका समेत ४५ स्थानिय तहमध्य पाँचखाल नगरपालिका लाई उत्कृष्ट ठहर गर्दै सम्मान गरेको छ ।

    आन्तरिक आय अत्यन्त कम भएको नगरबाट नगरवासिहरुलाई प्रदान गरेको सेवा साथै विकास निर्माणको कार्यको मुल्यांकन गर्दा पाँचखाल उत्कृष्ट नगरको रुपमा पर्न सफल भएको छ । नगरमा मेयर महेश खरेललाई दोसो वार्षिकोत्सव कार्यक्रममा सम्मान गरेको थियो ।

    प्रदेश सरकारले तयार गरेको कदर पत्रलाई हेर्दा प्रदेश कती सक्षम रहेको रहेछ भन्ने बिषयमा प्रस्टिएको छ । मुख्यमन्त्रि डोरमणि पौडेल र आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल द्वारा हस्ताक्षरित कदरपत्रमा भएको शब्दले गर्दा कस्ता क्षमता भएका व्यक्तिले प्रदेश हाँकेको भन्ने बिषयमा प्रस्ट भएको छ ।

    प्रदेश सरकार जस्तो गरिमामय तहबाट तयार पारेको कदरपत्रमा उल्लेख भएको छ “ श्री पाँचखाल नगरपालिका, काभ्रे पलाञ्चोकलाई नागरिक प्रवाह प्रभावकारी बनाउन पुर्याएको योगदानको लागि प्रदेश सरकारको दोस्रो बार्षिकोत्सव २०७६ को अवसरमा कदर पत्र प्रदान गरिएको छ । आगामी दिनमा गाउँपालिकाको सेवा प्रवाह थप प्रभाबकारी हुने अपेक्षा गरिएको छ । ” उल्लेख भएको छ । यो कदर पत्रमा उल्लेख भएको शब्दले गर्दा पाँचखाल नगरपालिले आगामी दिनमा गाउँपालिकाको सेवा दिन शंकेत गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार