२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

प्रदेशकै उत्कृष्ट सहकारी काभ्रेमा


१९८९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ माघ २९, बुधबार मा प्रकाशित ४ साल अघि
  • आइ.आर.के मैनाली

    काभ्रे । पनौती न.पा. ४, टौखाल, काभ्रेपलाञ्चोक स्थित सामुदायिक वचत तथा ऋण सहकारी संस्था लि. ले मिति २०७६ माघ २९ गते सम्पन्न बागमती प्रदेशको दोस्रो वार्षिकोत्सव २०७६ को अवसरमा वागमती प्रदेशको राजधानी हेटौडामा आयोजित कार्यक्रममा प्रदेशको सहकारी प्रबद्र्धन क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरुप प्रदेश अध्यक्ष विश्व प्रसाई र मुख्य मन्त्री डोरमणी पौडेलबाट सम्मान ग्रहण गरेकोछ ।

    सामुदायिक साकोस एशियाली स्तरको एक्सेस सिल्भर ब्राण्ड प्राप्त संस्था हो । त्यसैगरी यस संस्थाले २०६५ सालमा राष्ट्रिय सहकारी महासंघबाट उत्कृष्ठ सहकारी ब्यवसाय, २०६८ सालमा नेफ्स्कुनबाट उत्कृष्ठ संस्था र उत्कृष्ठ ब्यवस्थापक, २०७३ सालमा राष्ट्रिय सहकारी बैंक लि. बाट प्रदेश ३ को उत्कृष्ठ संस्था, २०७५ सालमा नेफ्स्कुनबाटै उत्कृष्ठ ब्यवस्थापकको पुरस्कार प्राप्त गरिसकेको छ भने राज्य तहबाट यस वर्ष वागमती प्रदेशको उत्कृष्ठ सहकारीको रुपमा सम्मानीत भएको छ ।

    २०५१ सालमा स्थापित यस संस्थाले काभ्रेपलाञ्चोक जिल्लाभर आफ्नो कार्यक्षेत्र बनाई, ७ स्थानीय तह भित्र सेवाकेन्द्र विस्तार गर्दै सेवा विस्तार गरिरहेको छ । करिब २५ हजार शेयर सदस्य र २ अर्व पुँजि परिचालन गरिरहेको यस संस्थाले प्रत्यक्ष रुपमा ६० जनालाई रोजगारी दिईरहेको छ भने अप्रत्येक्ष रुपमा सदस्यहरुलाई स्वःरोजगार बनाउन तालिम, शिक्षा तथा ऋण लगानी सहित सदस्यहरुलाई जन्म देखि मृत्यूसम्मको सेवा सुविधा प्रदान गर्दै अघि बढीरहेको छ भने संस्थाले कार्यक्षेत्र भित्रका समुदायलाई सम्भावित सदस्यको रुपमा लिई समुदायमुखी क्रियाकलापहरु अघि बढाउँदै उत्कृष्ठ कार्यसम्पादन गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार