२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

गुप्ताङ्गमा ब्राउन सुगर


२१३२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ माघ २९, बुधबार मा प्रकाशित ४ साल अघि
  • कैलाली । कैलाली प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय टीकापुरबाट खटेको प्रहरी टोलीले जानकी गाउँपालिका–८ भोक्सीका २४ वर्षीय सुनिल भण्डारीलाई पक्राउ गरेको हो ।

    भण्डारी सवार से २ प ७४९७ नम्बरको मोटरसाइलक रोकेर चेकजाँच गर्ने क्रममा उनले गुप्ताङ्गको भागमा लुकाएर राखेको अवस्थामा प्रहरीले ब्राउन सुगर बरामद गरेको थियो ।

    उनले गुप्ताङ्गमा लुकाएर बोकेको १५ ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । अदालतबाट सात दिनको म्याद थप गराएर भण्डारीमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार