२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सवारी दुर्घटनामा नायिकाको मृत्यु


१९८७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ फागुन १, बिहिबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । नायिका महिमा सिलवाल र उनकी बहिनी शर्मिलाको बसको ठक्करबाट मृत्यु भएको छ । धादिङको गजुरी गाउँपालिका-२, चाम्बासमा बुधबार साँझ बससँग ठोक्किएर स्कुटरमा सवार सिलवाल दिदी–बहिनीको मृत्यु भएको हो ।महिमाको प्राथमिक स्वास्थ्य केन्द्र गजुरी र बहिनीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हाे ।

    चितवनको भरतपुर महानगरपालिका-१३, गीतानगर स्थायी ठेगाना भएका उनीहरु  बुधबार साँझ दुर्घटनामा  परेका थिए । प्रहरीका अनुसार भैरहवाबाट काठमाडौं आउँदै गरेको लु २ ख १३५ नम्बरको बस र सिलवाल सवार बा ९८ प ७०५८ नम्बरको स्कुटर हिँजो साँझ पौने ६ बजे ठोक्किएका थिए । बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार