२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

बाल विवाहको विरुद्धमा उत्रियो जोरपाटी


२३७४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ फागुन २, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे । आफ्नो भविश्य निर्धारणको लागि शिक्षा हासिल गर्नुपर्ने समयमा पे्रम गर्दै बाल विवाह गर्ने प्रचलनको विरुद्धमा “पे्रम दिवस”को अवसर पारेर पाँचखाल वडा नं ६ मा रहेको जोरपाटी माध्यमिक विद्यालय, सगरमाथा बाल क्लव,पाँचखाल नगरपालिका वडा नं ६ र ग्रामिण महिला विकास वह्उद्देश्यीय सहकारी संस्था समेतको संयुक्त आयोजनामा बृहत र्यालीको आयोजना गरेको छ ।

    जोरपाटी माध्यमिक विद्यालयमा र्यालीको तयारी गर्दै गर्दा विद्यालय व्यवस्थापन समितिका अधयक्ष भोजराज पन्तले कक्षा १० सम्म अध्ययन गर्दै गरेका विद्यार्थीहरुले जिवन साथीको छनोटको लागि प्रेम गर्ने समय नभएको बताउनु भयो । यस्तो समयमा विद्यार्थीहरुले आफ्नो पुस्तकलाई र अभिभावकलाई पे्रम गर्ने बेला भएको बताउनु भयो । पछिल्लो समयमा आएर मोवाईल विवाहले पनि धेरै समस्या पारेको बताउंदै मोवाईललाई सदुपयोग गर्नुको बदला दुरुपयोग गर्दा जिवन वरबाद भएको बताउनु भयो ।

    त्यसैगरी जोरपाटी माध्यमिक विद्यालयका प्रधानाध्यापक बद्री प्रसाद ढुंगानाले पछिल्लो समयमा बाल विवाह साथै सामाजिक विकृति भित्रिएकोले त्यस्ता समस्या समाधानको लागि सम्पुर्ण अभिभावकहरु सचेत हुनुपर्ने बताउनु भयो । समाजमा फैलिएको बिकृतिलाई अन्त्य गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको बताउनु भयो । कलिलै उमेरमा विवाह गर्दा भविश्य अन्धकार भएको उदाहरणहरु प्रस्तुत गर्दै जनचेतनाको लागि अभियानलाई अगाडी बढाएको वताउनु भयो ।

    विद्यालयबाट सुरुभएको र्याली विद्यालय आसपासका बस्तिहरुमा नारा घन्काउदै पुगेको थियो । सो कार्यक्रममा स्थानिय, विभिन्न राजनीतिक दल, समाजसेवी साथै भविश्य उज्जल आधाभुत विद्यालय, भिंगनादेवि आधारभुत विद्यालय, भमरकोट हिमालय आधारभुत विद्यालयका प्रतीनिधिहरु समेत सहभागि हुनुभएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार