२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

आर्थिककको आयोजनामा वक्तृत्वकला, उपाधी हासिल गर्नेमा छात्रा मात्रै


२३७३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ फागुन २, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे। पाँचखाल र आसपासको स्थानमा सहकारीको माध्यमबाट सामाजिक क्षेत्रमा समेत कार्य गर्दै छुट्टै पहिचानको साथमा अगाडी बढेको आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा अन्तर विद्यालय स्तरिय खुल्ला वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

    कार्यक्रमका प्रमुख अतिथि पाँचखाल नगरपालिका सहकारी बिभागका प्रमुख एवं पाँचखाल वडा नं ७ का वडा अध्यक्ष पुष्कर ढकालले आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थाले आर्थिक कारोवारको साथमा सामाजिक कार्यमा निरनतरता दिएकोमा खुसि व्यक्त गर्नुभयो । संस्थाले गरेको विभिन्न सामाजिक कार्यहरु उदाहरणिय भएकोले अन्य सहकारहिरुले पनि यस्ता राम्रा कार्यको लागि अगाडि बढ्नु पर्ने बताउंनु भयो ।

    पाँचखाल नगरपालिका, मण्डन देउपुर नगरपालिका र भुम्लु गाउँपालिकामा रहेका २१ विद्यालयका २८ विद्यार्थीहरु सहभागि भएको उक्त अन्तर विद्यालय खुल्ला वक्तृत्वकला प्रतियोगिताको उपाधि छात्राहरुले मात्र हासिल गर्न सफल भएका छन् । छात्र र छात्रा वरावरिको संख्यामा सहभागि रहेपनि उपाधि हासिल गर्न छात्राहरुमात्रै सफल भएकोले छोराहरुको तुलनामा छोरीको शिक्षा राम्रो भएको सावित भएको छ ।

    उपाधि हासिल गर्नेहरुमा प्रथम चण्डेनी मा.विका छात्रा पुजा श्रेष्ठ, दितिय गणेश मा.विका छात्रा तारा तामाङ, तृतिय जोरपाटी मा.विका छात्रा कविता खड्का र शान्त्वना इन्द्रेणि विद्या मन्दिरका छात्रा स्मृति सापकोटा रहनु भएको थियो । उपाधि हासिल गर्नेहरुलाई क्रमस ५ हजार, ४ हजार, ३ हजार, २ हजार नगद सहित ट्रफि प्रमाणपत्र प्रदान गरिएको थियो ।

    संस्थाका शिक्षा समिति संयोजक बाबुकाजि पराजुलीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा संस्थाका अध्यक्ष सरोज सापकोटाले कार्यक्रमको उदेश्यमाथि प्रकास पार्नु भएको थियो । संस्थाका प्रबन्धक ठाकुर नाथ अधिकारीबाट संञ्चालित कार्यक्रममा हरिप्रसाद तिमल्सिना, सुभद्रा अधिकारी र सुदन श्रेष्ठले निर्णायकको भुमिका निर्वाह गर्नुभएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार