२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

बोलेरोले ठक्कर दिदा असईको मृत्यु


१८८६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ फागुन २, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे/काभ्रेको साँगामा काठमाडौंबाट बनेपा आउँदै गरेको बोलेरो गाडीले ठक्कर दिंदा एकजना प्रहरी असईको मृत्यु भएको छ । काठमाडौंबाट बनेपा तर्फ आइरहेको बा १९ च १३२३ नम्बरको नीजि बलेरो गाडीले ठक्कर दिंदा प्रहरी सहायक निरिक्षक तेजबहादुर गुरुङको मृत्यु भएको हो ।
    प्रहरी सहायक निरिक्षक गुरुङ साँगा प्रहरी चौकीमा कार्यरत थिए । असई गुरुङ नवलपरासीको त्रिवेणी–८ का स्थायी बासिन्दा हुन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रवि कुमार पौडेलका अनुसार आज (शुक्रबार) मृतक गुरुङलाई उक्त गाडीले ठक्कर दिन साथ धुलिखेल अस्पतालमा उपचारको लागि लगिएको थियो । एसपी पौडेका अनुसार गुरुङको मृत्यु अस्पतालमा भएको थियो ।
    इलाका प्रहरी कार्यालय, बनेपाका प्रमुख इन्स्पेक्टर योगेन्द्र तिमल्सिनाका अनुसार असई गुरुङ डिउटीमा रहेको बेला बाटो काट्न लाग्दा उक्त गाडीले ठक्कर दिएको थियो । ठक्कर दिने गाडी र गाडी चालक भक्तपुर जिल्ला भक्तपुर–१० निवासी वर्ष ३१ का विक्रम जाकी बन्जारलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको तिमल्सिनाले तेमाल अनलाईनलाई जानकारी दिए ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार