२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

पलाञ्चोक भगवतिमा जग्गा खरिदको लागि सप्ताहको आयोजना, पत्रकार सम्मेलनकै दिनमा महेश खरेलवाट १ लाख ८ हजार घोषणा


३८११ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ फागुन २, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • आई.आर.के.मैनाली
    काभ्रे । कभ्रेको मात्रै नभई देशकै धरोहरको रुपमा रहेको ऐतिहासिक पलाञ्चोक भगवतीको मन्दिरमा आगामी चैत्र १८ गतेबाट सप्ताह लगाईने भएको छ । ऐतिहासिक मन्दिरकोे उत्तर पुर्वमा रहेको जग्गा व्यक्तिको भएकोले सो जग्गा खरिद गर्ने प्रमुख उद्देश्य राखी सप्ताह गर्न लागेको आज (शुक्तबार) पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको छ ।

    पत्रकार सम्मेलनमा पाँचखाल नगरका प्रमुख (मेयर) एवं मंदिरको संरक्षक महेश खरेलले पलाञ्चोक भगवती नेपालकैै सवै भन्दा महत्वपुर्ण शक्ति पिठ रहेको बताउनु भयो । उहाँले भन्नुभयो त्यस्तो महत्वपुर्ण शक्ति पिठको उत्तर पुर्वमा रहेको जग्गा व्यक्तिको नाउमा रहेकोले खरिद गर्नुपर्ने भएको बताउनु भयो । व्यक्तिकै भएपनि हाल सम्म मन्दिरमा आउने भक्तजनहरुको सुबिधाकको लागि सवारी पार्किङ्ग गर्दै आएको जग्गा खरिदको लागि मात्रै झण्डै २ करोड ५० लाख आवश्यक हुने भएकोले सप्ताहको आयोजना गर्न लागेको बताउनु भयो ।

    कार्यक्रममा नगर प्रमुख खरेलले भन्नुभयो सो स्थानमा जग्गाको न्युनतम मुल्य प्रति आना १४ लाख सम्ममा खरिद बिकृ भएको अवस्थामा जग्गाधनिहरुसंग अनुरोध गर्दा प्रति आना ३ लाखमा दिने सहमति भएको बताउनु भयो । मंन्दिरको नाउमा हाल १७ रोपनि जग्गा भएपनि मंन्दिर हातामा ५ रोपनि मात्रै भएकोले ८१ आना जग्गा खरिद गर्न लागेको बताउनुभयो । पलाञ्चोक भगवतिको नाउमा दान गर्नु सवै भन्दा उत्तम भएकोले सप्ताहमा दान गर्ने दानविरहरुको दानबाट जग्गा खरिद गरी थप व्यवस्थापन गर्ने वताउंदै पत्रकार सम्मेलनकै क्रममा उहाँले १ लाख ८ हजार दान गर्ने बताउंदै त्यसमा थप गर्ने संभावना समेत रहेको बताउनु भयो ।

    पत्रकार सम्मेलनमा सप्ताह मुल आयोजक समितिका शंयोजक एवं पाँचखाल वडा नं ९ का वडा अध्यक्ष किरण श्रेष्ठले मंन्दिरको बिभिन्न कोषमा ४० लाख रकम रहेको र पाँचखाल नगरपालिकाले ३० लाख उपलब्ध गराउने तयारी गरेको वताउनु भयो । मंन्दिरमा सप्ताहको आयोजना गरी ५ करोड संकलन गर्ने लक्ष लिएको बताउनु भयो । विगत लामो समयदेखि जग्गा खरिदको लागि पहल गर्दा संम्भव नरहेको र हाल पाँचखाल नगरमा पटक पटक वार्तापछि जग्गावालाहरुले चलन चल्तिको मुल्य भन्दा अत्यन्त कम मुल्यमा जग्गा दिने सहमति भएपछि खरिदको लागि चन्दा भन्दा अन्य विकल्प नरहेकोले सप्ताहको आयोजना गरेको बताउनु भयो । सप्ताहको आयोजना गरी जग्गा किन्न र व्यवस्थापनको आँट गर्दै वैना बापत १० लाख रकम जग्गावालालाई दिएको वताउनु भयो ।

    कार्यक्रममा सामाजिक अभियन्ता रामशरण रेग्मिले पाँचखाल नगरको १३ वटै वडाका वासिन्दाले सप्ताहको आयोजना गरी मन्दिरको लागि अति आवश्यक जग्गा खरिदको लागि सप्ताहको आयोजना गर्नुपर्ने सुझावको आधारमा अगिबढेको बताउनु भयो । पलाञ्चोक भगवति पाँचखाल नगरको मात्रै गहना नभई मुलुककै गहना भएकोले यस्तो महत्वपुर्ण मंन्दिरको संरक्षण,व्यवस्थापनको लागि सवै नेपालीबाट साथ मिल्ने बताउनु भयो । मंन्दिरको लागि आवश्यक जग्गाको लागि जग्गावालाहरुले ठुलो त्याग गरेको वताउंदै यस्तो महत्वपुर्ण कार्यमा चन्दा दिने अवसर रहेको बताउनु भयो ।
    राजाराम पौडेल द्वारा सञ्चालित उक्त कार्यक्रममा सामाजिक अभियन्ता गोरे बहादुर थापा, नेपाली काँगे्रस पाँचखाल नगर समिति सभापति गणेश अधिकारी लगाएतले सप्ताह सहज ढंगबाट सम्पन्न गर्नको लागि आ—आफ्नो स्थानबाट सक्दो सहयोग हुने बताउनु भएको थियो ।

    यसरी भएको थियो भगवतीको मन्दिर स्थापना

    पलाञ्चोक भगवतीको मन्दिर साविक साठिघर भगवती गाविस हाल पाँचखाल नगरपालिका वडा नं ९ मा अवस्थित रहेको छ । अरनिको राजमार्ग लामिडाँडाबाट ९ किलोमिटर पुर्वमा रहेको मन्दिर लिच्छवीकालिन राजा मानदेवको श्रीमति विजयश्वरीले ४ सय ७६ बर्ष अगाडी निर्माण गर्न लगाएको किम्बदन्तिमा उल्लेख भएको पाईन्छ । शत्यमोहन जोसिले लेखेको कितावमा काभे्रको वुचाकोटबाट भगवतिले पाईलो टेकोको हालको भगवति मन्दिरमा, जुन नेवारी भाषामा (पलाचोक) भन्नेगरेको सोही नेवारी भाषाको पलाचोकलाईनै आधार मानेर पलाञ्चोक नाम रहेको उल्लेख गरेको छ । नेवारीमा भनिएको (पलाचोक) अर्थ पाईला टेकोको हो । पुनर निर्माणको क्रममा मन्दिरको जगमा भेटीएको ४ सय ७६ बर्ष अगाडीको पैसाले पनि सो कुरालाई पुष्टि मिलेको छ ।

    विक्रम सं २०१९ मा नेपाल अधिराज्यलाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गर्नुभन्दा अगाडि हालको काभ्रे जिल्ला पूर्व १ नं. क्षेत्र अन्तर्गत तत्कालीन २८ वटा मौजाहरूको सदरमुकाम चौतारा बाट प्रशासित थियो । साविक साठीघर भगवती गाविसमा पर्ने एक डाँडो जहाँ प्रसिद्ध पलाञ्चोक भगवतीको मन्दिर छ । पूर्व १ नं. क्षेत्रका २८ मौजा मध्ये काभ्रे र पलाञ्चोक नामका दुई ठूला मौजा भित्र रहेका विभिन्न गाँउ क्षेत्रलाई मिसाई काभ्रेपलाञ्चोक जिल्लाको स्थापना गरिएको पाईन्छ । कम्तीमा एकदेखि बढीमा ५४ वटासम्म गाउँहरू समाविष्ट हुने त्यस्ता मौजाहरू मध्ये वर्तमान प्रशिद्ध पलाञ्चोक भगवतीबाट पलाञ्चोक र काभ्रे नित्यचण्डेश्वरीबाट काभ्रे चयन गरी यस जिल्लाको नाम काभ्रेपलाञ्चोक रहन गएको पाइन्छ ।

    प्रथम प्रामाणविक राजा मानदेव र राजा अशु बर्माको सासन कालमा हालको पाँचखाल र पुरानो पलाञ्चोक उपत्यकामा भेटियका पुराना मोहर जुन मोहोर राजा मानदेव कालिन नेपाल कै प्रथम मोहरमा दर्जा छ । राजा मानदेवले निर्माण गरेको ऐतिहासिक पलाञ्चचोक भगवतिको मन्दिर जाने बाटो श्रिराम पाटि हुदै जान्छ, अनौकोट, कोसिदेखा ,खरेलथोक, देवभुमि जहा देवताहरुको आस्रय स्थल र भमरकोट हालको पाँचखालप्रसिद स्थलको रुपमा प्रसिद्ध रहेको छ ।
    पलाञ्चोक भगवती, नक्साल भगवती र शोभा भगवती तीन दिदी–बहिनीहरूमध्ये पलाञ्चोक भगवती सबैभन्दा ठूली दिदी हुन् भन्ने किंवदन्ती छ । वि.सं. २०३२ मा तत्कालीन सरकारले पलाञ्चोक भगवती मन्दिरको जीर्णोद्धार गरेका थिए । यस मन्दिरको केही पर काली र गणेशका मन्दिरहरू पनि रहेका छन् । यो मन्दिर यस स्थानमा कसरी स्थापना भयो भन्ने रोचक किंवदन्ती समेत पाइन्छ । काठमाडौं उपत्यकाको जनमानसमा प्रचलित किंवदन्ती अनुसार, पलान्चोक भगवती, नक्साल भगवती र शोभा भगवती दिदीबहिनी हुन् । यी तीनै मूर्ति एउटै मूर्तिकारले निर्माण गरेको पनि उल्लेख पाइन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार