२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

पाँचखालमा भू.पू सैनिक संघ गठन समृद्ध नेपालकोे लागि भू.पू सैनिकको आवश्यक छ- खरेल


२२२३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ फागुन ३, शनिबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे । पाँचखाल नगरमा रहेका भू.पू सैनिककहरुको भेला आज (शनिवार) सम्पन्न भएको छ । भेलाले तदर्थ समिति गठन गरी संघलाई मजवुत ढंगबाट अगाडी बढाउने तयारी गरेको छ ।

    कार्यक्रमका प्रमुख अतिथि पाँचखाल नगरका प्रमुख महेश खरेलले भू.पू सैनिकहरुले फुर्सद लिने समय नभएकको बताउनु भयो । जागिरबाट रिटायर भएपनि समृद्ध नेपाल निर्माणको लागि भू.पू सैनिकको आवश्यक रहेको बताउनु भयो । पाँचखालमा रहेका भू.पू सैनिकहरु संगठित भएर अगाडी बढुदै जानोस हामी सहयोग गर्न तयार छौं खरेलले भन्नुभयो ।
    भू.पू सैनिक संघ काभ्रे जिल्लाका सभापति इन्द्र वहादुर दाहालले भन्नुभयो “हामीले जागिर छोडेर आएपनि निरन्तर रुपमा समाजसेवा गर्दै अगाडी बढेका छौं ।” उहाँले थप्नुभयो भू.पूहरुको छुट्टै पहिचान छ, हामीले आफ्नो पहिचान गुमाउनु हुँदैन । हाम्रो संगठनले समस्यामा परेका भू.पूहरुको सहयोग गर्ने साथै एकल महिलाहरुको हितको लागि निरन्तर रुपमा सहयोग गर्दै अगाडी बडेको वताउनु भयो । कल्याणकारी कोषमा रहेको पुजींले आय आर्जनको कार्य गर्न सकिने बताउंदै अवसरलाई गुमाएर निस्कृय बबस्न नहुने बताउनु भयो ।

    नेपाल भू.पू संघ काभे्रका सचिव राजु सिग्देलबाट सञ्चालित कार्यक्रममा भू.पू संघ केन्द्रिय सदस्य दिपक भण्डारी नेपाली काँगे्रस पाँचखाल नगर समितिका सभापति गणेस अधिकारी लगाएतले आ—अफ्नो धारणा राख्नुभएको थियो ।
    भेलाले श्याम कुमार दनुवारको अध्यक्षतामा तदर्थ समिति गठन भएको छ । सचिव गोपाल बहादुर राई दनुवार, कोषाध्यक्ष रत्न वहादुर तामाङ रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा देविप्रसाद तिमल्सिना, होमराज सापकोटा, कृष्ण बहादुर तामाङ, रामबहादुर दनुवार, भिम बहादुर पन्त र राम वहादुर थापा मगर रहनु भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार