२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सवारी दुर्घटनामा चारको मृत्यु


१८१४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ फागुन ३, शनिबार मा प्रकाशित ४ साल अघि
  • विराटनगर । मोरङमा भएको सवारी दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको छ । शनिबार बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

    मृत्यु हुनेमा सिराहा सुखीपुर नगरपालिका–२ का २४ वर्षीय मोहम्मद ओजिर राइन र सप्तरी चण्डीमलहनिया गाउँपालिका–२ का २८ वर्षीय हरेराम साह रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले जानकारी दिए । राइन मोटरसाइकल चालक हुन् ।

    विराटनगरबाट इटहरी तर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प १६०८ नम्बरको मोटरसाइकललाई को १ ख ७३०९ नम्बरको टिपरले ठक्कर दिँदा उनीहरु घाइते भएका थिए । मोटरसाइकलमा तीन जना सवार थिए । घाइते अवस्थाका तीनै जनालाई कोशी अञ्चल अस्पताल पठाइएको थियो । दुई जनालाई चिकित्सकले मृत घोषित गरेका थिए । सप्तरी रुपनीका १८ वर्षीय धनराज यादवको उपचार भइरहेको छ । उनको खुट्टा भाच्चीएको छ ।

    त्यसैगरी मोरङको सुन्दरहरैचामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरमा शुक्रबार राति ११ः५५ बजे दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किएको थियो । को ३७ प १७ नम्बर र तीन जना सवार रहेको को ३४ प ६६०२ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा सलकपुरका २२ वर्षीय विशाल खत्री र २३ वर्षीय अर्पण गुरागाईंको घटनास्थलमै मृत्यु भएको थियो । दुबै जना मोटरसाइकल चालक हुन् ।

    दुर्घटनामा को ३४ प ६६०२ नम्बरको मोटरसाइकलमा सवार सलकपुरका २१ वर्षीय प्रदीप थापा र संखुवासभाको चैनपुर नगरपालिका–३ का २० वर्षीय लक्ष्मण खत्री घाइते छन् । उनीहरुको विराटनगरको विराट नर्सिङ होममा उपचार भइरहेको डीएसपी थापाले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार