२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पाँचखालको तरकारीमा बिषादी नभएको पुष्टि -उप—प्रमुख, विषादिको प्रयोग ७५ प्रशित कमभयो- ज्ञवाली


२५३१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ फागुन ४, आईतबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे । पाँचखाल नगरका उप—प्रमुख लक्ष्मी दनुवारले कृषि नगरीको रुपमा अगाडी बढेको नगरमा बिषादी रहित खानको लागि उपयुक्त तरकारी उत्पादन भएको बताउनु भयो ।

    लवग्रीन नेपाल वातावरण मैत्री एकीकृत दिगो कृषि विकास परियोजना अन्तर्गत सेतिदेवि आई.पि.एम. कृषक पाठशाला समापन कार्यक्रमको उद्घाटन गर्दै उप—प्रमुख दनुवारले उक्त धारणा राख्नु भएको थियो ।

    कार्यक्रमका प्रमुख अतिथि उप—प्रमुख दनुवारले पाँचखालका कृषकको साथै उपभोक्ताहरुको हितको खातिर कृषि नगरीमा उत्पादन भएको तरकारीहरु परिक्षण गरी गे्रडीङ्ग, प्याकेजिङ्ग गरी नगरको लोगो सहित बजारमा लाने तयारी गरेको बताउनु भयो । केही दिनमै पाँचखाल नगरपालिका वडा नं १२ बाट आई.पि.एम तरकारी संकलन केन्द्र सञ्चालन हुने र क्रमस वडा नं ६ , ३ र २ मा समेत संकलन केन्द्र संञ्चालन गर्ने बताउनु भयो ।

    कार्यक्रममा लवग्रीन नेपालका कार्यकारी निर्देशक नारायण प्रसाद ज्ञवालिले पाँचखालमा उत्पादन हुने तरकारीमा बिषादी रहित गर्ने उद्देश्यले अगाडी बढ्ने क्रममा हाल सम्म २२ स्थानमा कृषक पाठशाला संञ्चालन गरको बताउनु भयो । उहाँले भन्नुभयो केहि समय अगाडी १७ वटा कृषक पाठशालाका ५ सय २५ कृषकहरुसंग अन्तक्र्रिया गर्दा पाँचखालमा विगतको तुलनामा ७५ प्रतिशत बिषादीको प्रयोगमा कमी आएको प्रष्टिएको छ । त्यसैगरी लवग्रीन नेपालले संञ्चालन गरेको कृषक पाठशालामा सिकेको आधारमा खेति गर्दा रासायनिक मलको प्रयोगमा ५० प्रतिशत कमी आएको साथै उत्पादन २५ प्रतिशतले बृद्धी भएको सरोकारवालाहरुको अनुगमनबाट पुष्टि भएको बताउनु भयो ।

    कार्यक्रममा पाँचखाल नगर वडा नं ३ का वडा अध्यक्ष शुन्दर अधिकारीले लवग्रीन नेपालले पाँचखालको वातावरण साथै कृषिमा पुर्याएको योगदान अविश्मरणिय भएको बताउनु भयो । उहाँले भन्नुभयो पाँचखालको बद्नाम गर्ने उद्देश्यले विगतमा अनर्गल हल्ला मच्चाएका थिए तर आज आएर पाँचखालमा उत्पादन भएको तरकारीमा बिषादिको मात्रा नभएको प्रमाणित हुँदा बिगतमा हल्ला गर्ने हरु लज्जित भएको बताउनु भयो । लवग्रीन नेपालले पाँचखाललाई आई.पि.एम मय बनाउने अभियान चलाएको छ , कृषकहरु आकर्षीत भएका छन्, त्यसको लागि नगरको समेत पुर्ण साथ रहेको बताउनु भयो ।

    सेतिदेवि आई.पि.एम पाठशालाका अध्यक्ष अप्सरा अधिकारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पाँचखाल कृषि शाखा प्रमुख ईश्वर अधिकारी, प्रधानमन्त्री कृषि आधुनिकिकरण (शुपर जोन) पाँचखालका अध्यक्ष रामप्रसाद कोईराला, संञ्चारकर्मी ईश्वरि राजकुमार मैनाली, प्रशिक्षक दिप चन्द्र बुडा लगाएतका बक्ता हरुले आ—आफ्नो धारणा राख्नुभएको थियो ।

    कौसिला सापकोटाबाट स्वागत मन्तब्य राखि सुरुभएको उक्त कार्यक्रममा सर्मिला सिपखानले प्रतिवेदेन प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी सानुमैयाँ राईले पाठशालामा भएको शिकाईको उपलब्धिको बारेमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको संञ्चालन सर्मिला अधिकारीले गर्नुभएको थियो भने पाठशालामा सहभागि सरस्वती भेट्वालले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार