२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

भू.पू सैनिक संघ गठनको भोलपल्टै वाहिरिय तदर्थ समितिबाट पन्त


२३७५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ फागुन ४, आईतबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे । शनिवार पाँचखालमा भू.पू सैनिक संघको भेला सम्पन्न भएको थियो । पाँचखाल नगरका प्रमुख महेश खरेलको प्रमुख आतिथ्यता साथै भू.पू सैनिक संघ केन्द्रिय सदस्य दिपक भण्डारी, काभ्रे जिल्लाका सभापति इन्द्र वहादुर दाहाल, सचिव राजु सिग्देल लगाएतको उपस्थितिमा भेला सम्पन्न भएको थियो ।

    भेलाबाट श्याम कुमार दनुवारको अध्यक्षतामा ९ सदश्यीय पाँचखाल नगर स्तरिय तदर्थ समिति गठन भएको थियो । जसमध्य सदस्य रहेका भिम वहादुर पन्तले आफु अन्जानमा भेलामा गएको र सदस्यामा रहेको भन्दै विज्ञप्ति जारी गरी सदस्यमा नरहने जनाएका छन् ।

    आफु विगत लामो समयदेखि नेकपामा रही नेकपाको पाटी सदस्य रहेकोले भू.पू. सैनिक संघको तदर्थ समितिमा नरहने जनाएका छन् । भू.पू सैनिकहरुको हक हितको खातिर भेला भएको महसुस गरी भेलामा गएको तर सो भेला नेपाली काँगे्रस निकटको रहेको संघको रहेको जानकारी भएबाट बाहिरेको जनाएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार