२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

अलपत्र अवथामा भेटिएको लास, सवारी दुर्घटनाबाट मृत्यु भएको पुष्टि


३५३५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ फागुन ४, आईतबार मा प्रकाशित ४ साल अघि
  • आई.आर.के.मैनाली

    काभ्रे । माघ २९ गते मण्डनदेउपूर नगरपालिका वडा नं. ३ को वल्देउ स्थित नयांगाउं अनैकोट, बनेपा जाने कच्ची सडक खण्डमा सोही स्थन बस्ने बर्ष २९ को सन्त बहादुर तामाङ मृत अवस्था फेला परेको थियो ।

    सडकमा मृत अवस्थाको मानिस रहेको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालयबाट प्र.ना.उ. कुमार बिक्रम थापाको नेतृत्वमा गएको प्रहरी टोलिले गहिरिएर गरेको अनुसन्धानबाट सवारि दुर्घटनाको कारण उक्त घटना भएको पुष्टि भएको छ ।

    घटनाको बिषएलाई लिएर मृतकको भाई रोहित तामाङले घटनाको सम्बन्धमा सत्य तथ्य पत्ता लगाई अनुसन्धान गरि पाउं भनि जाहेरी दिए पश्चात मृतक लासलाई पोष्टमार्टम लागि त्रि.बि.बि. शिक्षण अस्पताल महाराजगञ्ज पठाईएको थियो । घटना सम्बन्धमा जाहेरवाला रोहित तामाङको जाहेरी दरखास्त तथा प्रारम्भिक अनुसन्धानको क्रममा देखिएका तथ्य प्रमाणहरुको आधारमा प्रहरीले अनुसन्धान गर्दा घटनाको बारेमा तथ्य खुलेको छ ।

    काभ्रेपलाञ्चोक जिल्ला मण्डनदेउपूर नगरपालिका वडा नं. ३ वल्देउ बस्ने ढाल प्रसाद बजगाईको छोरा बर्ष ४० को बा.४. ख. ६ नम्बरको निसान मिनिट्रकका चालक बिनोद भन्ने नेत्र प्रसाद बजगाईलाई शनिवार पक्राउ गरी प्रहरीले अनुसन्धान गर्दा सवारी दुर्घटनाको कारण घटना भएको खुल्न आएको छ । प्रहरीले सोधपुछको क्रममा सवारी चालक बिनोद भन्ने नेत्र प्रसाद बजगाईले दिएको वयानको आधारमा उनी दोसि ठहरिएका छन् ।

    सवारी चालले प्रहरीसंग दिएको बयान “मिति २०७६ ।१० । २८ गते साँझ करिव ८ बजेको समयमा काभ्रेपलाञ्चोक जिल्ला मण्डन देउपूर नगरपालिका वडा नं. ३ को वल्देउ टोल स्थित नयांगाउं अनैकोट, बनेपा जाने कच्ची सडक खण्डमा गाउंकै धावा तामाङको पसलको सामान र्पुयाउनको लागि निसान मिनिट्रकलाई अगाडी फर्काउने ठाउं नभएकोले धावा तामाङको पसल भन्दा वरै फर्काई उक्त मिनिट्रक व्याक गरी व्याकबाटै चलाई धावाको पसलमा पुगी रोकी तल ओर्ली हेर्दा निज सन्त बहादुर तामाङ सो मिनि ट्रकको मुनी अल्झेको अवस्थामा देखि त्यहांबाट निज सन्त बहादुर तामाङलाई तानी निकाली हेर्दा मरेको जस्तो देखि त्यही बाटो छेउमा छाडि मिनिट्रक लिई आफ्नो घर तर्फ गएको हुं ।”भन्ने बयान दिएको प्रहरीले जानकारी गराएको छ । सोही बिषयमा जिल्ला प्रहरी कार्यालय काभे्रले आज ५ दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको जानकारी प्राप्त भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार