२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

दुई स्काभेटरमा आगजनी


१३५६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ फागुन ८, बिहिबार मा प्रकाशित ४ साल अघि
  • डोटी । डोटीको सायल र आदर्श गाउँपालिकामा दुई स्काभेटरमा बुधबार राति अज्ञात समूहले आगजनी गरेको छ ।सायल गाउँपालिकाको वडा नं. १ छपाली जाने बाटो सफा गर्दै गरेको गाउँपालिकाको बा १ ज ३२६७ नम्बरको डुसान कम्पनीको स्काभेटरमा आगजनी गरिएको छ ।

    गाउँपालिकाका अध्यक्ष तेजवहादुर डुम्रेलका अनुसार राति करिब नौ बजेसम्म काम गरी मेसिन थन्काएर चालक र सहयोगी सुत्न गएका बेला आगो लगाइएको हो । घटनाको छानविन गर्न प्रहरीको टोली घटनास्थल तर्फ प्रहरी गइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

    यस्तै आदर्श गाउँपालिका वडा नं. ३ काँडी स्याउलेमा राखिएको आन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज काठमाण्डौंको बा १ क २१५९ नम्बरको डोजरमा बुधबार राति अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दिलिप सिं देउवाले जानकारी दिए । एकै समयमा दुई वटा ठाउँमा आगजनी भएको घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार