२०८१ चैत्र १३, बुधबार | Wed, 26, Mar, 2025

कम्युनिस्टहरु भ्रष्टाचारमा लिप्त-प्रचण्ड


३९२८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ फागुन ९, शुक्रबार मा प्रकाशित ५ साल अघि
  • भक्तपुर — नेकपाका कार्यकारी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले कम्युनिस्टहरु भ्रष्टाचारमा लिप्त हुदै गएको बताउनु भयो ।
    नारायणविलास जोशी स्मृति प्रतिष्ठानको भवन शिलान्यास कार्यक्रममा अध्यक्ष दाहालले सत्तामा पुगेपछि कम्युनिस्टहरुमा लोभ, भ्रष्टाचारजन्य क्रियाकलापमा देखिने गरेको बताउनु भयो । विगतमा भएको बिभिन्न आन्दोलन, क्रान्तिमा हुँदा ठूलो त्याग, तपस्या गर्ने साथै जनतासँग घुलमिल गर्न सक्ने क्षमता भएका नेता तथा कार्यकर्ताहरुले सत्ता पाएपछि आर्थिक लुलोप्त हुँदै आएको बताउनु भयो ।

    मृत्युलाई पनि सामना गरेर जस्तोसुकै तपस्या गर्नेहरु सत्तामा पुगेपछि जनताका काम गर्न छाड्ने र कम्युनिस्ट सिद्धान्तबाट विचलित हुने गरेको दाहालले बताए । ‘त्यहाँ गइसकेपछि पद, प्रतिष्ठा, लोभलालचमा अनि विभिन्न खालका विसंगति विकृति भ्रष्टाचारजन्य क्रियाकलापहरु देखिन जाने,हिजो मृत्युलाई पनि हाँसीहाँसी सामना गर्न सक्ने मान्छेहरु शासन हातमा आइसकेपछि विस्तारै तिनीहरु नै अर्कैअर्कै जनताबाट अलिकति कटेको जस्तो भावनालाई सम्मान गर्न नसकेको बताउनु भयो ।

    उनले कम्युनिस्टहरु सत्तामा पुगेपछि आफ्नो आदर्शबाट विचलित हुने गरेको विश्व इतिहास उल्लेख गर्दै नेपालमा घटेका पछिल्ला घटनाहरुले राम्रो संकेत नदेखिएको समेत बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु