२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रेमा वडा सदस्य सहित तीनको मृत्यु


३४०८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ फागुन १०, शनिबार मा प्रकाशित ४ साल अघि
  • आइ.आर.के.मैनाली

    काभ्रे । माघ ९ गते काभ्रे रोशि गा.पा १२ केराबारीका वडा सदस्य बिनोद कुमार स्याङजाली मगर बनेपा जानको लागि गाडी चढन जाने क्रममा बाटोमा अचानक बेहोस भई लड्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी गराएको छ ।प्रहरीका अनुसार लडेर बेहोस भएपछि यपचारको लागि तत्काल धुलीखेल अस्पताल लगेको उपचारकै क्रममा डाक्टरले मृत्यु घोषणा गरेको थियो ।

    त्यसैगरी माघ ९ गते काभ्रे पाचँखाल न.पा. वडा न. ५ खावा स्थित अरनिको राजमार्गमा धुलीखेल बाट दोलालघाट तर्फ जादै गरेको ना.५ च. २७९७ न.को टाटा मोबाईल गाडि आफै अनियन्त्रित भई सडकमा दुर्घटना हुदा ५ जना घाईते भएका मध्य भारत लख्खिमपुर खिरी घर भई पाचँखाल ईट्टा भट्टामा काम गर्न जान लागेको बर्ष अं. २५ को मेहरबान अलीको मृत्युभएको प्रहरीले जानकारी गराएको छ । अन्य घाइतेहरुको अबस्था सामान्य रहेको छ ।

    त्यसैगरी पाँचखाल न.पा. ३ काफ्लेडी र लाम्दीको बिचको खोल्सामा अं ५५,६० बर्ष को देखिने सडे गलेको अबस्थामा हाल नामथर वतन नखुलेको पुरुष ब्यक्तिको लाश फेलापरेको छ । सो लासलाई जि.प्र.का.काभ्रे बाट अनुसन्धान कार्यको लागी प्र.नि.को कमाण्डमा आएको टोलीले घटनास्थल लासजाँच मुचुल्का लगायत कार्य सम्पन्न गरी पोस्टमार्टमको लागी टिचीङ अस्पताल काठमाण्डौ पठाईएको, हाल सम्म मृतकको पहिचान हुन सकेको छैन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार