२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

३८ लाख ठगेको आरोपमा महिला पक्राउ


२३४१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ फागुन १५, बिहिबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । फ्रान्स पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका-१९ बासुकिनाग मार्ग, मनमैजुकी ४३ वर्षीय कीपूर्णिमा श्रीष रहेकी छन् ।

    श्रीषले आकर्षक तलवमा खाना प्याकिङ गर्ने कामका लागि फ्रान्समा पठाइदिने भन्दै तीन जनाबाट ३८ लाख ५० हजार ठगी गरेको उजुरी परेको थियो । सोही उजुरीका आधारमा खोजतलासका क्रममा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले बुधबार श्रीषलाई मनमैजुबाटै नियन्त्रणमा लिएको हो ।श्रीषलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर, काठमाडौंमा पठाइएको महाशाखाले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार