२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सहकारी छनोटको लागि नगरको उर्दी


१५६० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ फागुन १६, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • राजन कार्की
    काभ्रे । पछिल्लो समयमा भएको सहकारीको तिब्र विकासले गर्दा एउटै व्यक्ति एकै प्रकारको धेरै सहकारीमा आवद्ध भई कारोवार गर्दै आएकोले त्यस्ता प्रकारको कारोबारले सहकारीमा आवद्ध भएका शेयर सदस्यहरुको हित नहुने भन्दै पाँचखाल नगरपालिकाले शेयर सदस्यहरुलाई सहकारी छनोट गर्न समय दिएको छ ।

    भुमिव्यवस्थापन, सहकारी तथा गरिवी निवारण मन्त्रालय सहकारी विभागले दोहोरो सदस्यता लिएका सहकारी संस्थाका सदस्यहरुलाई जारी गरेको सुचनाको आधारमा पाँचखाल नगरपालिकाले नगर भित्र रहेका सहकारीका शेयर सदस्यहरुलाई २०७७ साल असोज मसान्त भित्र एकै प्रकारका धेरै सहकारीमा आवद्ध शेयर सदस्यहरुलाई आफु आवद्ध सहकारीहरु मध्य कुनै एकमा मात्रै सदस्यता रही कारोबार गर्न सुचना जारी गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार