२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रेमा बजार अनुगमन, अखाद्य सामाग्री नष्ट


२१८३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ फागुन २०, मंगलबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकामा संचालित विभिन्न पसलमा अनुगमन गर्दा अखाद्य बस्तु फेला परेपछि नष्ट गरीएको छ । सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी देवी हुमागाँई (खतिवडा) को नेतृत्वमा खटिएको संयुक्त बजार अनुगमन टोलीले भकुण्डेमा संचालित हरी सिद्धी खाद्य स्टोरमा फेला पारेको म्याद गुज्रेका ३ हजार बराबरको ४६ किलो आटा पिठो र विभिन्न कम्पनीका जुस नष्ट गरेको हो । भकुण्डेमा बस्दै आएका आनन्त अधिकारीले उक्त स्टोरमा आँटा किन्न जाँदा ३ पटक सम्म म्याद गुज्रेको फेला पारेपछि टोली आएको भन्ने थाहा पाएलगतै उनले खबर गरेका थिए । सुरुमा अनुगमन गर्दा म्याद नाघेको जुस मात्रै भेटाएको टोलीले अधिकारीले खबर गरेसँगै २ केजीका २३ वटा आँटाको प्याकेट फेला पारेको हो ।

    त्यस्तै नमोबुद्ध नगरपालिका वडा नं ७ नौबीसेमा संचालित कृष्ण सःमिल तथा भेनियर उद्योगलाई तत्कालका लागि काम रोक्न आदेश दिएको छ । मिलमा भएको अधिकांश काठको श्रोत नखुेलेको र टाँचा नभएका कारण बैध तरीकाले निकासा गरेको नदेखिएकाले सम्बन्धित निकायको आदेश नआउञ्जेल सम्मको लागी काठ चिरानी, खरीद बिक्रि नगर्नु भन्ने आदेश दिएको छ । र आवश्यक कागजपत्र सहित वन कार्यलयमा सम्पर्क गर्न भनेको छ । टोलीले भकुण्डेबेशीका विभिन्न खाद्य स्टोर तथा ईलेक्ट्रोनीक्स पसलहरुको अनुगमन गरेको थियो । पसलमा मुल्य सुचि नराखेकालाई सुचि राख्न, सरसफाईमा ध्यन दिन, पसल दर्ता नविकरण गर्न टोलीले सुझाएको थियो ।
    टोलीमा नमोबुद्ध नगरपालिका, नमोबुद्ध उद्योग बाण्ज्यि संघ, घरेलु तथा साना उद्योग कार्यलय काभ्रे, खाद्य प्रविधि तथा गुण नियन्त्रण काभ्रे, वन डिभिजनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार