२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

हिलोमा डुवेर काभ्रेमा एकको मृत्यु


३६४४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ फागुन २०, मंगलबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे। धुले सडकमा जमेको हिलो माटोमा परि नमोबुद्ध नगरपालिका वडा नं ड बस्ते कामि सिं तामाङको मृत्यु भएको छ ।
    आज मंगलबार महादेव खोलाको कच्ची सडक वाटोमा जमेको हिलो माटोमा परि ५३ बर्षको कामी सिं तामाङ मृतयु भएको छ । हिलो माटोमा मृत अवस्था फेला परेकोको जानकारी पाउना साथ जिल्ला प्रहरी कार्यालय काभे्रबाट प्रहरी निरीक्षक सहितको अनुसन्धान टोली घटनास्थल पुगेको थियो ।

    प्रहरीले घटनास्थल तथा लासजांचको प्रकृया पूरा मृतकको छोरा हिराकाजी तामाङले प्रहरीमा ज्यान सम्बन्धी कसुरमा जाहेरी दरखास्त दिए पश्चात निज कामी सिं तामाङको मृत लासलाई शव परिक्षणको लागि शिर मेमोरियल अस्पताल बनेपा पठाईएको घटनाको सम्बन्धमा अनुसन्धान जारि रहेको । जिल्ला प्रहरी कार्यालय काभे्रले जानकारी गराएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार