२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

अर्काे सूचना प्रकाशित नभएसम्म घरेलु उद्योग महोत्सव स्थगित


१८१७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ फागुन २१, बुधबार मा प्रकाशित ४ साल अघि
  • बनेपा/‘नेपाली वस्तु प्रयोग गरौ, नेपाली भएकोमा गर्व गरौ, उद्योग गरौ, उद्यमी बनौ, उठाऔं नेपाललाई’ भन्ने नाराका साथ प्रथम वाग्मती प्रदेश स्तरीय औद्योगिक प्रदर्शनी तथा घरेलु उद्योग महोत्सव अर्काे सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गर्न नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत् जिल्ला समन्वय समिति काभ्रेले मंगलबार आदेश दिएको छ ।

    घरेलु तथा साना उद्योग महासंघ काभ्रेको आयोजना गर्दै फागुन २१ देखि चैत २ गते सम्म महोत्सव गर्न लागिएको थियो । घरेलु तथा साना उद्योग महासंघ काभ्रेका अध्यक्ष सुवासना श्रेष्ठले महोत्सवमा १७० वटा स्टलहरु रहने, ४० हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको बताउनुभएको थियो । लघु घरेलु तथा साना उद्योगका विविध पक्षहरुलाई सम्बोधन गर्न र एक अर्का बाट सिक्न तथा ज्ञान र सिप आदान प्रदान गर्न, बजार संचालन र विस्तारका साथै बागमती प्रदेशस्तरीय उद्यम व्यवसाय गर्ने उद्यमीहरुको व्यवसाय प्रर्वद्धनको लागी र जिल्ला भित्र रहेका स्थानीय कलाकारहरुको प्रतिभालाइ समेट्दै राष्ट्रिय स्तरका कलाकार माझ बाल उद्यान सहित सम्पुर्ण मेला अवलोकन गर्नुहुनेहरुलाई मनोरञ्जन दिलाउदै यो औद्योगिक प्रदर्शनी आयोजना गर्ने योजना थियो ।

    मंगलबार जिल्ला समन्वय समितिको कार्यालयमा तपसिलको उपस्थितिमा भएको बैठकले गरेको निर्णयानुसार घरेलु उद्योग महोत्सव २०७६ अर्काे सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गर्नु भनी आदेश दिएको छ ।
    जसमा प्रमुख जि.स.स. उद्धव केसी, प्रजिअ श्रवणकुमार तिमल्सिना, जिसअ सच्युतराज उप्रेती, प्रमुख सेनानी सुवास खड्का, प्रहरी उपरिक्षक रविकुमार पौडेल, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना, सशस्त्र प्रहरी बल नेपाल नं. १५ गणपति पुरुषोत्तम थापा, राष्ट्रिय अनुसन्धान प्रमुख सरोज निरौला, वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्र कुमार झा लगायत जिल्लामा क्रियाशील संघ संघ, राजनीतिक प्रतिनिधि, स्थानीय सरकारको उपस्थितिमा उक्त निर्णय भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार