२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रेको कोशिपारी बस दुर्घटना ४० घाईते


२०२६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ फागुन २१, बुधबार मा प्रकाशित ४ साल अघि
  • २१ फागुन, काठमाडौं । काभ्रेपलाञ्चोकको चौंरीदेउराली गाउँपालिका-५ स्थित ढाँटखर्कमा बस दुर्घटना हुँदा ४० जना घाइते भएका छन् ।

    घाइते सबैको उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय कात्तिके देउरालीका प्रहरी निरीक्षक पवनकुमार झाले नवशंकेत अनलाईनलाई जानकारी दिए । घाइते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको उनले बताए ।रामेछापको गुराँसेबाट काठमाडौँतर्फ आउँदै गरेको बा४ख ७१०२ नम्बरको बस ब्याक गर्ने क्रममा सडकदेखि २० मिटर तल खसेर दुर्घटना भएको झाले बताए ।

    झाका अनुसार विपरित दिशाबाट आएको गाडीलाई साइड दिनका लागि ब्याक गर्नेक्रममा बुधबार बिहान करिब १० बजेको समयमा बस दुर्घटनामा परेको हो । दुर्घटना पश्चात फरार रहेका बसका चालक अहिले टेलिफोन सम्पर्कमा आइसकेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक झाले बताए ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार