२०८१ बैशाख २९, शनिबार | Sat, 11, May, 2024

दुर्घटनामा परि तीनको मृत्यु चार घाईते


१७१९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ फागुन २१, बुधबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । सुर्खेतको गल्छेनामा बुधबार जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।

    मृत्यु हुनेमा बाँकेको वैजनाथ गाउँपालिका–३ का ४२ वर्षीय खड्गबहादुर बीसी, उनकी ३९ वर्षीया श्रीमती गोमा बीसी र सुर्खेत घर भएका ५० वर्षीय देबबहादुर खड्का रहेको सुर्खेतका प्रहरी नायव उपरीक्षक रवी रावलले जानकारी दिए ।

    दैलेखको धरमपोखराबाट सुर्खेत तर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०००७ नम्बरको जिप वीरेनद्रनगर नगरपालिका–१५ राउटे गल्छेनामा अनियन्त्रित भई सडकदेखि ४ सय मिटर तल खसेर दुर्घटना हुँदा तीनै जनाको घट्नास्थलमै मृत्यु भएको उनले बताए । घाइते चारै जनालाई उपचारका लागि सुर्खेत पठाइएको रावलले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार