२०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024

हरायको ६ बर्षपछि फेलापरिन माया


२३५६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ फागुन २२, बिहिबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे। २०७० सालबाट हरायकि मायालाई दोभनमा ईलाका प्रहरी कार्यालय फापरबारीको प्रहरी टोलीले फेला पारी परिवारलाई जिम्मा लगाएको छ ।

    काभे्र जिल्ला (सविक सल्ले गाविस) हाल भुम्लु गा पा वडा न ५ सल्ले बस्ने धन बहादुर दोङको श्रीमती बर्ष ७१ कि रम माया दोङ (मोक्तान) २०७० साल भदौ हराएकी थिईन । माया हराएपछि घरपरिबारले निकै प्रयासगरी खोजतलास गर्दा फेला परेकि थिइनन् ।

    घरपरिवारका अनुसार घरमा कसैलाई केही जानकारी नदिई आफु खुशि घर छाडी हिडेर हराएकोले धेरै खोजेउ तर पाउन सकेनौ । जिल्ला मकवानपुर वाग्मती गाउँ पालिका वडा ६ देउजर दोभन ईलाका प्रहरी कार्यालय फापरबारीको प्रहरी टोलीले फेला पारी हामीलाई प्रहरी निरिक्षक (इनिक्सपेक्टर) बच्चुरामा फुयालले खबर गर्दा खुसि भई प्रहरी सम्पर्कमा पुगेउ मायाको नाति सुमन लामाले बताए ।

    केही मात्रामा मानसिक सन्तुलन गुमाएकी अलपत्र परेकी वृध्द मायालाई भेटिएपछि प्रहरीले घरठेगाना पत्ता लगाई मायाँको नाति सुमन लामालाइ जिम्मे लगाएको जानकारी प्राप्त भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार