२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

कालोबजारी गर्ने दुई मेडिकलमा ताला


२३४९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ फागुन २३, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • पोखरा । कोरोना भाइरसको सन्त्रास बढिरहेका बेला मास्कमा कालोबजारी गर्ने पोखराका २ मेडिकलमा तालाबन्दी गरिएको छ । औषधी पसलहरुले दोब्बर, तेब्बर मूल्यमा मास्क बेचिरहेको गुनासोपछि बजार अनुगमन भएको थियो ।

    गण्डकी प्रदेश बजार अनुगमन समितिले बिहीबार गरेको अनुगमनमा मास्कमा कालोबजारी गरेको भेटिएको हो । त्यस्ता २ मेडिकलमा अनुगमन टोलीले ताला लगाएको छ । महेन्द्रपुलस्थित स्याङ्जा औषधी पसल र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अघिल्तिरको परी औषधी पसलमा ताला लगाएको छ ।

    स्याङ्जा औषधी पसलले २ सय बजार मूल्य पर्ने ९५ अंकित मास्कलाई ४ सय ५० रुपैयाँसम्ममा बचेको फेला परेको थियो। परी औषधि पसलले १० रुपैयाँ पर्ने साधारण मास्कलाई ३० रुपैयाँमा बिक्री गरेको भेटिएको थियो। दुबै औषधी पसलका सञ्चालकलाई ३ दिनभित्र जिल्ला प्रशासनमा हाजिर हुन टोलीले निर्देशन दिएको छ । कोरोनाको सन्त्रास र साबधानी अपनाउन सूचित भएपछि बजारमा मास्कको अभाव तथा कालोबजारी भइरहेको गुनासो आइरहेको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार