२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

अस्टिेलियन गुरुलाई प्रहरीले झ्याप


२०५५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ फागुन २३, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौँ — बाल यौन दुराचार अभियोगमा प्रहरीले बौद्ध कदम्बा गुम्बाका सञ्चालक अस्ट्रेलियन नागरिक ५८ वर्षीय गोन्दुक रिम्पोछेलाई पक्राउ गरेको छ ।

    अस्ट्रेलिया मेलवर्न घर भई गोकर्णेश्वर नगरपालिका–९ आरुबारीस्थित कदम्बा बुद्धिष्ट प्रतिष्ठानका प्रमुखसमेत रहेका रिम्पोछेलाई महानगरीय प्रहरी वृत्त बौद्धले बिहीबार पक्राउ गरेको हो। बौद्ध वृत्तका डीएसपी रमेश सिंहका अनुसार रिम्पोछे स्वयंले पढाउन ल्याएका १५ वर्षीय किशोरमाथि यौन दुराचार गरेको आरोप छ।

    पीडित किशोरले प्रहरीलाई दिएको बयानमा आफूलाई १५/२० दिन देखि गुम्बामै रिम्पोछेले मुख मैथुन गराउन लगाएको उल्लेख छ। पछिल्लो पटक रिम्पोछेले फागुन १८ गते किशोरमाथि यौन शोषण गरेका थिए। संखुवासभाबाट पढाउनकै लागि रिम्पोछेले आफ्ना ‘अनुयायी’ तथा चिनजानका मानिस मार्फत् पढाउन ल्याएका थिए।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार